काठमाडौं । दलीय चुनाव चिन्हमा निर्वाचनमा भाग लिन पाउनुपर्ने माग राखेर आन्दोलनरत संसदबाहिरका ६८ दलले तीन दलीय निरंकुशताका विरुद्ध चैत्र २६ गते विशाल विरोध प्रदर्शन गर्ने भएका छन् । काठमाडौंमा २४ चैत्रमा एक अन्तक्र्रिया कार्यक्रम गर्दै उनीहरुले २६ गते दलका हजारौं नेता कार्यकर्ता र जनतालाई सडकमा उतार्ने उद्घोष गरेका छन् ।

निर्वाचनमा निर्वाचन चिन्हबाट बञ्चित गरिएका राजनीतिक दलहरुको संयुक्त आयोजनामा “स्थानीय तह निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र” विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै ६८ दलका नेताहरुले विरोध प्रदर्शनको तयारीमा रहेको जनाएका हुन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाले “स्थानीय तह निर्वाचन कानुनको अलोकतान्त्रिक प्रावधान खारेज गर !, राजनीतिक पार्टीहरुलाई निर्वाचन अगाडि चुनाव चिन्ह प्रदान गर !!” शीर्षकमा ७ बुँदे कार्यपत्रमा राजनीतिक पार्टीका नेताहरु, बुद्धिजीवि, मानवअधिकारवादी, राजनीतिक विश्लेषकहरुले टिप्पणी राखेका थिए ।

नयाँ शक्तिका नेता परशुराम तामाङले संचालन गरेको अन्तक्र्रियात्मक कार्यक्रममा नेकपाका नेता ऋषि कट्टेल, नयाँ शक्तिकी नेतृ हिसिला यमी, अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राई, नेकपा (माले)का महेन्द्र साह, सद्भावना पार्टीका नेता अनिलकुरमा झा, संघीय समाजवादीका नेता रिजवन अन्सारीलगायतले आन्दोलनलाई सशक्त बनाएर लैजानु पर्नेमा जोड दिएका थिए ।

अधिकांश वक्ताहरुले तीन राजनीतिक पार्टीहरुको निरंकुश चरित्रको चर्को विरोध गर्दै दलमाथि प्रतिबन्ध लगाउन खोजिएकोप्रति प्रचण्ड सरकारको तीव्र आलोचना गरेका थिए । बोल्ने कतिपय बक्ताहरु खासगरी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले निर्वाचन आयोगमा पेन्डिङमा रहेका दलहरुलाई दर्ता गर्ने र छुटेका मतदाताहरुको पनि मतदाता नामावलीमा नाम समावेश गर्नुपर्ने, मधेसी, जनजातिलाई पनि आन्दोलनमा समेट्नुपर्ने लगायतका विषयहरु उठाएका थिए ।

२६ गतेको प्रदर्शन १२ बजे रत्नपार्कको शान्तिबाटिकामा जम्मा भई विरोध ¥याली निकाल्ने र विरोध ¥याली सहर परिक्रममा गरी शान्तिबाटिकामा पुगेर विरोध सभामा परिणत हुने संयुक्त संघर्ष समितिले जनाएको छ ।

०४६ सालको जनआन्दोन उत्कर्षमा पुगेका दिन चैत्र २४ को सन्दर्भ पारेर अन्तक्र्रिया गरेका उनीहरुले बहुदलीय प्रजातन्त्र घोषणा भएको दिन २६ चैत्र पारेर विरोध प्रर्शन गर्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर