एजेन्सी । विश्वका विकसित राष्ट्रहरु रहेको युरोप बाल यौन शोषणका तस्बिर र भिडियो बनाउने ‘ग्लोबल हब’ बन्दै गरेको तथ्य बाहिर आएको छ ।
हालै सार्वजनिक भएको इन्टरनेट वाच फाउन्डेशन (आईडब्लुएफ) को को बार्षिक रिपोर्टमा संसारभर हुने यस प्रकारका शोषणको ६० प्रतिशत सामग्री युरोपका हुने गरेको उल्लेख छ ।
यस आधारमा हेर्ने हो भने यसमा पछिल्लो समयमा १९ प्रतिशतले वृद्धि भएको छ ।
आईडब्ल्युएफका अनुसार गैरकानुनी सामग्री सार्वजनिक गर्नेमा नेदरल्याण्ड युरोपेली देशमा सबैभन्दा अघि देखिएको छ ।
संस्थाका मुख्य कार्यकारी अधिकृत सुजी हार्गिब्जले भने, ‘गत वर्षको तुलनामा अवस्था उल्टिएको छ । उत्तर अमेरिकाको स्थान अब युरोपको बाल यौन शोषण तस्बिरको सबैभन्दा ठूलो हब बनेको छ ।’
आईडब्लुएफ बेलायतको संस्था हो । यसले देशको नेटवर्कमा यस्ता सामग्री खोजेर हटाउने गर्दछ । सन् २०१५ मा उत्तर अमेरिकामा ५७ प्रतिशत बेवपेजमा यस्ता सामग्री पाइन्थ्यो । गत वर्ष यो दर घटेर ३७ प्रतिशतमा आएको छ ।
संस्थाको रिपोर्टमा युरोपमा यौनजन्य यस्ता सामग्री प्रकाशित हुने ३४ हजार १ सय १२ वेबसाईट पाइएका छन् । जसमा रुस र टर्की समेत रहेका छन् ।
हर्गिब्जका अनुसार यो परिवर्तन अमेरिकी उद्योगद्वारा गरिएको राम्रो प्रयासको नतिजा हो, जसमा अपराधिको यस्तो पोस्ट गर्न र सार्वजनिक गर्न नसक्ने गरी दोस्रो स्थान खोज्न बाध्य पारिएको छ ।
अमेरिकाको नेशनल सेन्टर फर मिसिङ एन्ड एक्प्लोइटेड चिन्ड्रेन (एनसीएमईसी) का उपाध्यक्ष जन शेहान भन्छन्, ‘अमेरिकी कानुनका अनुसार जब कुनै तस्बिर नेटवर्कमा पाइएमा आईसपीलाई सूचना दिनुहोस ।’
उनका अनुसार यस संस्थाले अहिलेसम्म २० लाख उजुरी प्राप्त गरिसकेको छ । जबकी सन् २०१५ मा यो संख्या ४४ लाख र सन् २०१६ मा ८२ लाख थियो ।
वर्गीकरण प्रणाली लागु गरेर हरेक सामग्रीका लागि अलग अलग पहिचान निर्धारण गरिएपछि यो सफलता हासिल भएको हो । यसबाट अपलोड गरिएको सामग्री (तस्बिर या भिडियो) यौन शोषण सम्बन्धि हो वा होइन भन्ने निर्धारण हुन्छ ।
शोषण विरोधी अभियानमा जोडिएका पोर्चुगलका सांसद आर्दा जरकेन्सले पछिल्ला दुई वर्षमा यस प्रकारण उजुरीमा बढोत्तरी भएको जनाएका छन् । पछिल्ला एक वर्षमा युरोपेली नीतिमा कुनै परिवर्तन नहुनुले पनि यस्तो घटनामा वृद्धि भएको हुनसक्ने उनको भनाई छ ।