श्रीलंकामा अब आमा बन्नका लागि एक वर्षको छुट्टी

श्रीलंकामा अब आमा बन्नका लागि एक वर्षको छुट्टी

एजेन्सी । श्रीलंकाको सरकारले गर्भवती भएका कारण दुःख महसुस गरिरहेका महिलाका लागि एक वर्षसम्म बेतलबी विदा दिने निर्णय गरेको छ ।

यो आदेश सरकारी महिला कर्मचारीका लागि लागु हुनेछ । यस्तो अवस्थामा महिलाहरुले विरामीको महसुस गरेमा उनीहरुले देश वा विदेशमा गएर समेत उपचार गराउन सक्नेछन् ।

यस्ता महिलालाई महिला रोग विशेषज्ञ या मेडिकल विज्ञको सिफारिसमा फर्टिलिटी ट्रिटमेन्टका लागि सरकारी छुट्टी प्राप्त हुनेछ । श्रीलंकामा बच्चाको चाहाना राख्ने दम्पति उपचारका लागि भारतको तमिलनाडु राज्यमा आउने गर्छन ।

हालै भारतका केन्द्रीय मन्त्रिपरिषदले कामकाजी महिलालाई गर्भवती भएको समयमा पाउने छुट्टीलाई बढाएर ६ महिना बनाउने निर्णय गरेको थियो ।