दमास्कस । सिरियाको  राजधानी दमास्कसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोहीबीच भीषण संघर्ष भएको छ ।

विद्रोहीले शहरलाई घेरा हालेर आक्रमण सुरु गरेपछि राष्ट्रपति बसर अल असदका सेनाले त्यसको कडा प्रतिकार गरेका हुन् ।

सरकारी सेनामाथि आक्रमण गर्ने क्रममा विद्रोहीले जोवार जिल्लामा दुईवटा आत्मघाती कार बम समेत विस्फोट गराएका थिए ।

विद्रोहीले घातक हमला गरेपछि सरकारी सेनाले पनि हवाई हमला गरेको थियो । त्यस क्रममा दर्जनौंको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

सिरियामा पछिल्लो दुई वर्षदेखि विद्रोहीले कब्जामा लिएको क्षेत्र नियन्त्रण गर्न सेनाले प्रयास जारी राखेको छ । यसबीचमा पटकपटक संघर्ष हुँदै आएका छन् ।
सिरियाली विद्रोही र सरकारबीच वार्ताको प्रयास भएपनि त्यसले सार्थक रुप लिन नसकिरहेका बेला यो हमला भएको हो ।

सन् २०११ को मार्च महिनादेखि सुरु भएको आन्दोलन त्यसको १ महिनापछि नै गृहयुद्धमा परिणत भएको थियो । सो क्रममा हालसम्म ३ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने झण्डै एक करोड विस्थापित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर