
काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघमा विगत ११ दिनदेखि लगाएको ताला दुवै पक्षबीचको सहमतिपछि सोमबार खुलेको छ । प्रेस काउन्सीलको कार्यालयमा सोमबार दुवै महासंघका पदाधिकारीको उपस्थितिमा भएको बार्ताले ३ बुँदे सहमति गरेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्षहरु खिला भण्डारी, अनिता विन्दु, महासचिव उजिर मगर, सचिव संगीता खड्का, ध्रुव लम्साल, धर्मेन्द्र कर्ण र क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, उपाध्यक्ष नारायण पंगेनी, महासचिव केशरमणि कटुवाल, बरिष्ठ पत्रकार रामचन्द्र हुमागाईंलगायतका नेताहरुको उपस्थितिमा भएको वार्ताले तीन बुँदे सहमति गरेको थियो ।
क्रान्तिकारी पत्रकार महासंघले अगाडि सारेका पाँच बुँदे मागहरुमध्ये शुद्धीकरणसम्बन्धी उठाइएका विषयहरुलाई नेपाल पत्रकार महासंघले उपयुक्त विधि र प्रक्रियाबाट तत्काल सम्बोधन गर्ने, चुनावलाई प्रभावित तुल्याउने गरी भएका स्थानान्तरण, किर्ते गरी गरिएको नाम संशोधन, अस्तित्वमै नभएका मिडियाहरुको नाममा खडा गरिएका नक्कली प्रतिष्ठानहरु ः जनदिशा प्रष्ठिान, स्वतन्त्र समाचार सेवा प्रतिष्ठान लगायतको तत्काल खारेजी गर्ने, कम्तिमा उपत्यकाका काठमाडौं र ललितपुर शाखामा डिजिटल कार्डको व्यवस्था गर्ने लगायतका विषयहरु तत्काल सम्बोधन गर्ने सहमति बनेपछि तालाबन्दी खुलेको क्रान्तिकारी पत्रकार महासंघका महासचिवले बताए । सहमति कार्यान्वयन नभए महासंघले संघर्षका थप कार्यक्रम घोषणा गरेर अगाडि बढ्ने पनि बताए । उनले भने, “पत्रकार महासंघमा सदस्यता शुद्धीकरण आन्दोलनको यो सुरुवात मात्र हो । सहमति कार्यान्वयन नभए अझ कडा संघर्षका प्रक्रिया अगाडि बढाउँछौं ।”
सहमति पत्रमा क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट महासचिव केशरमणि कटुवाल, नेपाल पत्रकार महासंघको तर्फबाट ध्रुव लम्सालले हस्ताक्षर गरेका छन् ।
यस्तो छ तीन बुँदे सहमति