काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी) १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आफ्नो राष्ट्रिय भेलामा जुटेको छ । काठमाडौंको सुन्धराबाट ¥यालीसहित क्रान्तिकारी महिलाहरु ललितपुरको कुपण्डोलमा पुगेर भेलाको उद्घाटन जुटे । भेलाको क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले उद्घाटन गरे । देशैभरिबाट आएका सैयौं महिलाहरुको उपस्थितिमा भएको राष्ट्रिय भेलाको उद्घाटन सत्रको अध्यक्षता संगठनकी संयोजक अम्बिका रेग्मीले गरेकी थिइन् भने सञ्चालन अम्बिका मुड्भरीले गरेकी थिइन् ।
सारदा महतले स्वागत गरेको भेलालाई क्रान्तिकारी माओवादीका अध्यक्ष किरण, बरिष्ठ नेता तथा देजमो अध्यक्ष सीपी गजुरेल, कार्यालय सदस्य रामसिंह श्रीस, अनेमसंघकी पूर्व उपाध्यक्ष लक्ष्मी मुड्भरी, जबस मोर्चाका केन्द्रीय संयोजक÷अध्यक्षलगायतले भेला सफलताको शुभकामना दिएका थिए । भेलामा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत÷संगीत प्रस्तुत गरेका थिए । झण्डा, व्यानर, प्लेकार्डको प्रयोग र क्रान्तिकारी महिलाहरुको उपस्थितिले क्रान्तिकारी महिलाहरुको उद्घाटन सत्र भव्य रुपले भएको थियो । बन्द सत्र भोलि बुद्धनगर पार्टी कार्यालयमा चल्ने संगठन स्रोतले जनाएको छ ।