
काठमाडौं । काभ्रे जिल्लाबाट काठमाडौं आएर अस्थायी वा स्थायी रुपमा बसोबास गर्ने विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुको एक भेलाले नेकपा (क्रान्तिकारी माओवादी) निकट जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चको काभ्रे–काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ । हालै सम्पन्न उक्त भेलाले रमेश ढकालको संयोजकत्वमा ढोगप्रसाद अधिकारी, प्रेम तामाङ, असल पाख्रिन, भोजबहादुर स्याङ्तान, बुद्धिसिंह तामाङ, बमबहादुर लामा, विराज बर्देवा, अशोक श्रेष्ठ, सुकबहादुर लामा, लोकबहादुर विक, मानबहादुर तामाङ, नरहरि चौलागाईं, टेकबहादुर तामाङ, रुपक थापा र ४ जना पछि थप्ने गरी २१ जनताको जिल्ला सम्पर्क मञ्चको गठन गरिएको हो ।
भेलापछि बसेको नयाँ कार्यसमितिको बैठकले फाल्गनु २१ गते काभ्रे–काठमाडौं जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने र ७२ वटा जिल्लाबाट काठमाडौं आएर बस्ने व्यक्तिहरुलाई मञ्चको सदस्यता व्यापक रुपमा वितरण गर्ने पनि निर्णय गरेको छ ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य संयोजक दिनेश शर्मा‘सागर’, केन्द्रीय सदस्य इश्वर तिमिल्सिना, केन्द्रीय सल्लाहकार एकनाथ चौलागाईं, जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चका केन्द्रीय संयोजक हरिकृष्ण गजुरेल लगायत नेताहरुको उपस्थितिमा सम्पन्न भेलाले काभ्रे–काठमाडौं जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चको सल्लाहकार समितिमा दिनेश शर्मा‘सागर’, इश्वर तिमिल्सिना, एकनाथ चौलागाईं, हजारसिंह लामा, लक्ष्मी मुड्भरी, निमादोर्जे लामालाई चयन गरेको छ ।































