नेपाल ल क्याम्पसमा अखिलले ताला फोडेपछि तनाव

नेपाल ल क्याम्पसमा अखिलले ताला फोडेपछि तनाव

काठमाडौं । नेपाल ल क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले लगाएको ताला एमाले निकट अनेरास्ववियुले फोडेपछि तनाव उत्पन्न भएको छ । नेपाल ल क्याम्पसमा विधिसम्मत रुपमा स्ववियु निर्वाचन हुनुपर्ने, जतिबेला मन लाग्यो त्यतिबेला प्रक्रिया अघि बढाउने विषयले भ्रम सिर्जना हुने भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका थिए । क्याम्पस प्रशासनले भने ताला फोडेपछि झडप सुरु भएका कारण निर्वाचन गराउन नसक्ने भन्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगन गरेको छ ।

नेपाल ल क्याम्पसमा नेवि संघ, नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), माके निकट क्रान्तिकारी, विप्लव निकट अखिल (क्रान्तिकारी), राप्रवि संघसहितका विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । त्यसको विपक्षमा भने एमाले निकट अनेरास्ववियु र नेमकिपा निकट क्रान्तिकारी विद्यार्थी संघमात्रै रहेका छन् । तालाबन्दी भएका क्याम्पसमा सहमति वा ताला फुटाएर सोमबार बिहान १० बजेसम्म उम्मेदवारी मनोनयनका लागि त्रिविले समय तोकेको थियो । तर, अधिकांश क्याम्पसमा लगाएको ताला अझै खुल्न सकेको छैन ।