एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसवर्ष ह्वाइट हाउसका संवाददाताहरुको समूह ‘ह्वाइट हाउस क्रसपोन्डेन्ट्स’ को डिनर बहिस्कार गर्ने भएका छन् ।

केही मिडिया र ह्वाइट हाउसबीच देखिएको टकरावकाबीच ट्रम्पको यस्तो निर्णय बाहिर आएको हो ।

शुक्रबारमात्रै बीबीसी, न्युयोर्क टाइम्स, सीएनएनजस्ता प्रमुख मिडिया संस्थानका पत्रकारलाई ट्रम्पका प्रवक्ता सन स्पाइसरको पक्रकार सम्मेलनमा सहभागी हुन दिइएको थिएन ।

राष्ट्रपति ट्रम्पले पटक पटक गलत समाचार छापेको भन्दै सञ्चारमाध्यमको आलोचना गर्दै आएका छन् । ट्रम्पले मिडियाको एउटा हिस्सालाई अमेरिकी जनताको दुश्मन भएको बताएका थिए ।

ह्वाइट हाउसका संवाददाताहरुले करिब १०० वर्षदेखि हरेक वर्ष राष्ट्रपतिको सम्मानमा रात्रीभोजको आयोजना गर्ने गर्दै आएका छन् । सो कार्यक्रममा राष्ट्रपति सामेल हुने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर