कालजयी कुरालाई मानिसले बदल्नको लागि जब नयाँको कुरा गर्न थाल्छ, तब उसले नयाँ शक्ति अर्थात् जीवनभर कम्युनिष्ट पार्टी र कम्युनिष्ट सिद्धान्तको लागि आफ्नो उर्वर समय बिताएर मर्ने बेलामा पार्टी र शक्तिबाट च्युत भएर कम्युनिष्ट नामै त्याग्छ उसबाट अरुले के आश गर्न सक्छन् । सबै तल्लो वर्ग एवं जातिलाई गरी जुगेडी, जुटपानी संघर्षको नेतृत्व गरेर नेपालै थर्काउने रुपलाल विश्वकर्मा भने बेलामा कांग्रेसको जन वर्गीय संगठनको रुपमा दलित, श्रमिक संगठन बनाएर भरें न पुरानाले संझने नयाँले अपनत्व लियो । त्यसै भएर हाम्रा बाऊ–बाजेले भन्ने उखान ठ्याक्कै चरितार्थ भयो । ‘मर्ने बेलामा हरियो काक्रो’ । निश्चितै रुपमा भालेवादका आधारभुत सिद्धान्त वर्ग–संघर्ष, वल प्रयोगको भुमिका सर्गहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जस्तो आधारभुत कुरामा टेकेर विकास गर्दा त्यसले नयाँ नयाँ विकास गरेको हामी पाउँछौ । त्यस अन्तर्गत माक्र्सवाद–लेनिनवादमा र लेनिनवाद–माओवादमा विकास भयो । ज्ञान प्राप्तिको तीन वटा सिद्धान्त वर्ग–संघर्ष, उत्पादनको निम्ति संघर्ष र वैज्ञानिक प्रयोग मार्फत् प्राप्त ज्ञानले मालेमावादलाई हराभरा, पुनर्जागृत र विकासित गराउदै लग्यो । मालेमावादले नयाँ जनवाद, समाजवाद र साम्यवादको गोरेटो कोरी सकेको छ मानिसले यसलाई समृद्ध बनाएर चौडा राजमार्ग बनाउने हो । त्यसपछि मावनजातिले प्रकृतिसंग संघर्ष गरेर नयाँ नयाँ ज्ञानको क्षितिज उगार्दै अगाडि बढ्ने हो । जसले यो गोरेटोमा हिड्न झंझट मान्छ र बनिबनाउ राजमार्ग खाज्छ, ऊ भौतारिदै घुमीफिरी रुम्जाटार जस्तै पुरानै संसदीय बाटोमा पुग्दछ ।
०३५÷०३६ सालको नेपालको जनआन्दोलन पछिको नेपाली जनतालाई सचेत पार्न नेपालका दुईवटा सांस्कृतिक समुह वेदना परिवार र संकल्प परिवारले सांस्कृतिक टोली बनाउदै नेपालभरि अभियान चलाए । सशस्त्र वर्ग–संघर्षबाट पलायन भएर विस्तारै शान्तिपुर्ण जन–आन्दोलनतिरको ओरालो लागेको संकल्प परिवारको विचार र शान्तिपूर्ण जनआन्दोन र सुधारवादी कार्यदिशाबाट वाक्क भएर सशस्त्र युद्धको सिद्धान्तको खोजीमा भौतारिएको वेदना परिवारको भेट त्यहिमध्ये विन्दुमा भएको थियो । एउटा आरोलो लागेको संकल्प परिवारको परिकल्पना हालको एमाले र वेदना परिवारको सोच हालको माओवादी आन्दोलन हो । भर्खर वर्ग संघर्षबाट खुला रुपमा आएको संकल्प परिवारको एउटा गीत त्यतिखेर निकै मार्मिक लाग्ने गथ्र्यो– ‘आफ्नै दाजुले आफ्नै भाईलाई ठग्छ, एउटै बावुका सन्तान हौं, हामी भनि गरिने प्रेम व्यवहारमा झुटो हुन्छ । धरानको साहुले धरानकै गरिबलाई ठग्छ, एउटै ठाउँको हौं भनि गरिने प्रेम व्यवहारमा झुटो हुन्छ । वर्गीय समाजमा वर्गीय प्रेम मात्रै न्यानो र चोखो हन्छ ।’ यो गीतको मर्म हालको कम्युनिष्ट आन्दोलनमा प्रष्ट देख्न पाइन्छ ।
एनजिओ र आईएनजिओको जालोमा परेका एमालेका नेतागण जो नव धनाढ्यमा परिणत हुँदै आलिशान महल र धनको मालिक बनेका छन् र त्यत्रो सशस्त्र जनयुद्धपछि भाइ एमाले बन्दै, उसलाई उछिन्न लागि परेको माकेको दौड गरिब, मजदुर र किसानले बडो चाख मानेर हेरिरहेको छन् । कोहि–कोहि मानिसले भन्ने गर्दछन्– ‘हामीलाई त नपुग्दो के थियो र सर्वहारा वर्गको लागि मरी मरी काम ग¥यो उसैलाई वास्ता छैन हामीलाई के खाँचो’ भनेर । धन्ने हो ती मानिस, जो अर्काको लागि भनेर काम गर्छन्, तीनिहरुले वास्तविक काम कहिल्यै गदैनन् । आफ्नै वर्गको रीस, डाहा, इस्र्या र वदलाको भावनाका साथ सर्वहारा मजदुर किसानको वलमा आफ्नै वर्गसँग बदला लिने र आफू त्यही वर्गमा उक्लने गर्छन् इतिहासले त्यस्तालाई सडकमा ल्याएर, मिलेराँ, वांल्कि, बर्नस्टीन, लासाल, ख्रुश्चोभ र तेङ सियायो पिङको रुपमा पाहा पछारे झैं पछारेको छ र जो साँच्चै सर्वहारा वर्गको मुक्तिको लागि सर्वहारा वर्गसंँग एकाकार भएका छन्, उनीहरु गरिब र सर्वहारा मजदुर र किसानको बीचमा धु्रवतारा जस्तै चम्किलो भएर माक्र्स–एगेंल्स, लेनिन स्टालिन र माओको रुपमा बाँचेका छन् ।
विजातीय तत्वहरु विभिन्न हिनता, कुण्ठा, कमजोरी, अयोग्यताका कारण सर्वहारा वर्गमा घुसपैठको रुपमा प्रवेश गर्ने र मुसलधारे बर्षापछि च्याऊ उम्रने सिजनजस्तै उपयुक्त बेलामा आफ्नै वर्गमा फर्कने, जमिन्दार, विदेशी छात्रवृत्ति नपाएको झोंक, निम्न पुँजीवादी कुण्ठाको कारण जुन वर्गवाट आएका छन्, त्यही वर्गमा फर्कने गर्दछन् । आज झन्डै झन्डै विजयको शिखरमा पुगेको नेपाली कम्युनिष्ट आन्दोलन संसदीय व्यवस्थालाई ध्वस्त पार्न भन्दै १७ हजार नेपाली आमाका सर्वोत्तम छोराछोरी सहादतपछि स्वनाम घन्य कम्युनिष्ट पार्टी र त्यस्ता नेताहरुले त्यही संसदीय व्यवस्थामा फर्काउने घृष्टता गर्दैछन् । उनीहरुको हालत निकट भविष्यमा माथिका पाहा पछारिने कालो सूचीमा परेका खल नेतामा सुचिकृत हुनेछ ।
हो, अहिले निराशा, कुण्ठा, पलायन, अश्लिलता, आरोप, घृणाले ठाउँ लिएको छ, प्रतिक्रान्तिका कारण । यो अस्थायी कुरा हो । यो छिटै नै आशा, उदात्तता, वीरता, सौर्यता, माया र प्रेममा बदलिने छ, बरु त्यतिखेर हामीले भन्नुपर्ने हुन्छ ‘हामीलाई आदर्श नठान्नुहोस्, हामी पनि एक दुईमा विभाजित छौं, हाम्रो गुणको तारिफ गर्न समय खेर नफाल्नुहोस्, हाम्रा कमजोरी पत्ता लगाउनुहोस् । माक्र्सको मनपर्ने वाक्य ‘हरेक कुरालाई शंकाको रुपमा ग्रहण गर’ लाई राम्रोसँग आत्मसाथ गर्नोस् र व्यवहारमा लागू गर्नुहोस् भनेर । निम्न पँुजीवादीहरु विश्वास गर्दैनन् र विश्वास गरेपछि शंकै गर्न बिर्सन्छन् । यो पुँजीवादी दृष्टिकोणलाई हामीले बदल्नै पर्छ ।
एउटा भनाई छ । कुन वर्गमा जन्मने भन्ने कुरा मानिसको बशमा हुँदैन तर कुन वर्गको सेवा गर्ने भन्ने कुरा मानिसको इच्छामा भर पर्ने कुरा हो । वर्ग–संघर्षले मानिसको चेतनालाई उच्च बनाएको छ । पंचायत नाङ्गिन ३० बर्ष लाग्यो, कांग्रेस एमाले नाङ्गिन २० वर्ष पनि लागेन, माके त झन् १० वर्षमा ध्वस्तै हुन लाग्यो । यी सबैबाट पाठ सिकेर नेपाली समाजमा रहेका सच्चा देशभक्त,गणतान्त्रिक, कम्युनिष्टहरु एक ढिक्का भएर अगाडि बढ्न जरुरी छ । त्यसको लागि सबै कम्युनिष्ट पार्टीभित्र रहेका इमान्दार शक्तिहरुलाई विचार–दर्शन–सिद्धान्त र राजनीतिको आधारमा धु्रवीकरण गर्दै अगाडि बढ्न जरुरी छ । अहिले पार्टी एकताभन्दा पनि क्रान्तिकारी धु्रवीकरणको बढी जरुरी छ । अहिले नेपालमा र विश्वभरि एउटा बहस जोड जबर्जस्ती रुपमा उठेको छ । हुन त यो नयाँ जस्तो लाग्छ तर त्यो नयाँ होइन । धेरै पल्ट उठ्दै सेलाउँदै गरेको बहस हो । सर्वहारा वर्गको नेतृत्व सर्वहारा वर्गले मात्र गर्न सक्छ । मध्यम र निम्न मध्यम वर्गबाट आएका नेताहरु र कार्यकर्ताहरु सर्वहारा गरीब, किसान, मजदुरको तागत लिन मात्र आएका हुन् र जब उनीहरुले वल प्राप्त गर्दछन्, आफ्नो सहयोेगीलाई कुर्सीबाट निकाल्छन् र आफ्नो वर्ग उकाल्छन् । यो राजनैतिक मनोरञ्जन मात्र हो ।
रायमाझीदेखि प्रचण्डसम्म आउँदा हो कि क्यो हो ? भन्ने पनि परेको छ । त्यसैले त एउटा भनाई प्रचलित छ– जब मानिस मन, वचन र कर्मले एक ठाँउमा उभिंदैन, तबसम्म सर्वहारा जनसमुदायले उसलाई हृदयदेखि आफ्नो मान्दैन । मानिस यहि बिग्रने खतरालाई देखेर त महान माओले भन्नुभएको थियो– ‘मानिसले जीवनमा एक दुई वटा राम्रो काम गर्नु कुनै ठुलो कुरा होइन, ठुलो कुरा त जिन्दगीभरि राम्रो काम गर्नु हो’ भनेर । मानिस आत्म प्रशंसाको भोको हुन्छ । त्यसकारण व्यक्ति पुजाको सिद्धान्तको विरोध गर्नु पर्दछ । महान् माक्र्सले त्यहि भएर त भन्नुभयो– ‘कसैको प्रशंसामा समय खेर नफाल, बरु उसको गुण अपनाउने गर’ भनेर । सर्वहारा वर्गले सर्वहारा वर्गकै नेता पाउनु सुुनमा सुगन्ध हो । वास्तविक दुनियाँमा त सर्वहाराले दिनभर काम नगर्ने हो भने बेलुका उसको मुखमा माड नै लाग्दैन । त्यसकारण त हामीले वर्ग र वर्गदृष्टिकोण भनेको ठीक वर्गदृष्टिकोण अपनाएर सर्वहारा जीवनशैली अपनाउने, सरल जीवन उच्च विचार बाच्ने, सच्चा कम्युनिष्ट नेतालाई सर्वहारा वर्गले कहिले अस्विकार गरेको छ र ? आफैले वर्ग नओराल्ने हो भने ‘तेरो लागी म काम गर्न आएको हुँ भन्दा त ‘इस’ भनेर लोप्पा ख्याएकै त छ ! त्यसैले कम्युनिष्ट पार्टीको विधानमै लेखिएको हुन्छ – आचरणको रुपमा वर्ग नउकाल्नु भनेर । जसले वर्ग उकाल्छ, उसले कम्युनिष्ट नेता हुने अवसर पनि गुमाउँछ । इतिहासमा शासक जातीको एउटा विद्रोही तप्का विद्रोहीसंग नमिलिकन इतिहासको रंगमंचबाट कहाँ तल ओर्लिएको छ र ? २००७ सालको राजनैतिक घटनामा पनि त राणाभित्रको विद्रोही तप्का ‘सी’ वर्गका राणाहरुले विद्रोह गरेको कांग्रेसको साथ नदिएको भएर सुवर्ण सम्शेरले हतियार किन्न पैसा नदिएको भए त्यहि सजिलै राणा शासन उल्टिने थियो र ? त्यसकारण धैर्यतापूर्वक पर्खने, जाँच्ने, वर्गदृष्टिकोणले कसी लगाउने र आफ्नो वर्गको हितमा हुनेलाई आफ्नो वर्गको हितैसी, मित्र र नेता मान्ने नहुनेलाई तिरस्कार गर्ने सबै वर्गले गर्छन् । त्यसो गर्न कसैले सिकाइरहनु पर्दैैन, जंगलको काँडा तिखार्न नपरे झै । त्यहि भएर त सर्वहारा वर्गमै पैदा नभए पनि माक्र्स–एगेल्स, लेनिन, स्टालिन र माओलाई सर्वहारा वर्गले आफ्नो गुरु र नेता मानेको ।
विश्व परिस्थिति बदलिंदै छ । घोचा धारा हटाउने, उदारवादी अर्थतन्त्र अपनाउने, जिएटीटी, विश्व व्यापार संगठन संसार एउटा देश हो, आफ्ना माल सामान विश्वभर विनारोकटोक बेच्न पाउने, भन्सार कर नलाग्ने, तुलनात्माक लाभका वस्तु उत्पादन गरेर एक आपसमा आयत–निर्यात गर्ने जस्ता साम्राज्यवादी अर्थव्यवस्था ध्वस्त हुँदैछ । आफ्नो देशको सामान बेचेर विश्व लुटेर आएको मुनाफाको एउटा आफ्नो देशको मजदुरहरुलाई अभिजात वर्गमा रुपान्तरण गरेर आफ्नो देशको विद्रोह र क्रान्ति रोक्ने सपना देख्ने अमेरिकाका ट्रम्प राष्ट्रपतिमा आउनासाथ मेक्सीको, चीनका सामानमा कर लगाउने मेक्सीकोमा पर्खाल लगाउने र संरक्षित अर्थ व्यवस्तातिर फर्कदैछ । हामी आफै सम्पन्न गरिबी बन्न सकिदैन भनेर व्रिटेन युरोपियन युनियनबाट अलग भइरहेको छ, जनमत संग्रह मार्फत् । फ्रान्स, जर्मनमा राष्ट्रवादी भनिनेहरुको पल्ला भारि हुँदैछ । अन्तर्राष्ट्रिय राजनैतिक विश्लेषकहरु ‘अब संसार विश्वयुद्धतिर जाँदैछ’ भनेर आंकलन गर्न थालेका छन् । साम्राज्यवाद पूँजीवादको अन्तिम अवस्था हो भनेर लेनिनले भनेको कुरातिर देखिने गरी महाशक्ति पँुजीवादी साम्राज्यवादी देशहरु जाँदैछन् । आफ्नो लुटको स्वर्ग कायम राख्न, हतियार दलाल मार्फत् आफ्नो दलाल सरकार बनाईराख्न र बजार कब्जा गर्न साम्राज्यवादीहरुलाई नढाली सुखै छैन । आफुलाई लुट्न नदिन स्वाधीनता चाहिनेहरुले पनि नलडि बिजय प्राप्त गर्न सक्दैनन् । महान् माओले भनेका ती दिनहरु आगामी ५०–१०० वर्ष उथुल पुथुल वर्ष हुनेछन् । कि तेस्रो विश्व युद्धले क्रान्ति जन्माउने छ कि क्रान्तिले तेस्रो विश्वयुद्धलाई राक्ने छ भन्ने कुरा दृष्टि क्षितिजमा गोचर हँुदै गइरहेको छ । ‘निभ्ने बेलाको बत्ति’जस्तो धप्पक्क बलेको पुँजीवाद र साम्राज्यवादलाई देखेर हामी आत्तिन हुँदैन । रणनीतिक हिसाबले साम्राज्यवाद कागजी बाघ होे । यदि हामीले नीतिमा गल्ती नगर्ने हो भने हाम्रो जित सुनिश्चित छ ।
यदि लेनिनले भनेको मानेको भए साम्राज्यवाद युद्धमा कुद्छन्, हामीले आ–आफ्नो देशमा गृहयुद्धमार्फत् प्रतिक्रियावादी सत्ता उल्टाइदिनु पर्छ भन्ने कुरा मानेको भए सम्पूर्ण युरोपमा दोस्रो विश्वमै क्रान्ति हुन्थ्यो । त्यसकारण हामीले हाम्रो सम्पूर्ण स्पष्ट विश्व दृष्टिकोण अपनाउँदै कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय संगठनको निर्माणमा समेत ध्यान दिंदै आ–आफ्नो देशमा क्रान्तिको तयारी गरौं । ‘संघर्ष गर्न संगठन चाहिन्छ, संघर्ष नगरी बलियो संगठन बन्दैन’ भन्ने द्वन्द्ववादी मान्यतालाई दह्रोसँग आत्मसात गर्दै अगाडि बढौं ! साम्राज्यवाद हाल हाम्रो सन्र्दभमा भारतीय विस्तारवादविरोधी जनमत नेपालमा जब्बर छ । हाम्रा हिजोका कतिपय मित्र भनिनेहरु कम्युनिष्ट त परै जाओस्, देशभक्त पनि भन्न नपाउने ठाउँमा पुग्दैछन् र लम्पसारवादी पगरीबाट विभुषित भइरहेका छन् । एउटै बाटोमा हिडेका मित्रहरुलाई हामीले त्यसो भन्नु पर्दा दुःख अवस्य लागेको छ । जतिसुकै माया लागे पनि बावु मरेपछि चीतामा रुदै भने पनि जलाउन बाध्य भएझै त्यो गलत प्रवृत्तिलाई जलाउँदै अगाडि बढ्नुको विकल्प छैन । राष्ट्रियता, जनतन्त्र, जनजीविकाको पक्षमा दह्रोसँग उभिदै अगाडि बढौं ! हालैको दिनमा कम्युनिष्ट न्युल्कियससँगको एकता, विभिन्न समुहमा छरिएर रहेका क्रान्तिकारी मालेमावादीहरुको नेकपा (क्रान्तिकारी माओवादी)मा धु्रवीकरणको प्रक्रियाले उज्जल भविष्यको संकेत गरिरहेको छ । माओवादी आन्दोलन टुट–फुट र छिन्न भिन्नताबाट फेरि सही विचार, दर्शन, सिद्धान्त र राजनीतिको आधारमा ध्रुवीकृत र एकीकृत हँुदै अगाडि बढ्न बाध्य छ । सिद्धान्तहिन ‘एकताभन्दा फुट कयौं गुणा क्रूर हुन्छ’ भन्ने महान् लेनिनको भनाइलाई आत्मसात गर्दै । आफ्नो वर्ग र वर्गीय मुक्तिको लागि सही वर्ग दृष्टिकोण आपनाउँदै, सम्पूर्ण उत्पीडितहरुको साथमा अगाडि बढौं ! यहि नै आजको आवश्यकता हो ।