सिन्धुपाल्चोकमा क्रान्तिकारी माओवादीको मसाल जुलुस

सिन्धुपाल्चोकमा क्रान्तिकारी माओवादीको मसाल जुलुस

चौतारा । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति सिन्धुपाल्चोकले मसाल जुलुस प्रदर्शन गरेको छ ।

जिल्ला सदरमुकाम चौतारामा २२ औं जनयुद्ध दिवसको उपलक्ष्यमा क्रान्तिकारी माओवादीले करिब २ सय जनाको सहभागितामा मसाल जुलुस गरेको जिल्ला इन्चार्ज कुमार बोगटीले जानकारी दिए ।

जुलुसले नगरपरिक्रममा पछि चौतारामा आयोजित कोणसभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य समेत रहेका बोगटीले यो नयाँ क्रान्तिको सुरुवात भएको उद्घोष गरे ।

उनले जनयुद्ध अन्त्यको घोषणालगत्तै देशमा दलाल, भ्रष्टहरुको बिगविगी बढेको उल्लेख गर्दै अब त्यसका विरुद्ध दृढतापूर्वक लड्ने बताए ।

उनले जनयुद्धको नेतृत्व गरेको ठूलो पंक्ति संसदवादी भाषमा गएर पतन भएको बताउँदै आफूहरुले जनयुद्धको स्वामित्व लिएर अघि बढ्ने दृढता व्यक्त गरे ।