बैतडी । बैतडीको चम्तडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परी सहचालक श्रीकोट–३ का १९ वर्षे किशोर सिंह ऐरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।
यस्तै ट्रक चालक बैतडी श्रीकोट–४ का मोहनराज जोशी र सागर चन्द गम्भीर घाइते भएका छन् । घाइते चालक मोहनको आँखा, निधार र छातीमा, र सागरको टाउको, आँखा र खुट्टामा चोट लागेको छ ।
गम्भीर घाइते दुबै जनाको बैतडीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।
महाकाली राजमार्ग अन्तर्गत पन्ज्युनयाँ सतबाझ सडकखण्ड अन्तर्गत सित्तड–२ चमतडीमा ना ३ ख ५७२३ नम्वरको ट्रक बिहीबार बेलुका ७ बजे दुर्घटनामा परेको हो ।