अब फुटबलको विश्वकपमा ४८ वटा राष्ट सहभागी हुने

अब फुटबलको विश्वकपमा ४८ वटा राष्ट सहभागी हुने

काठमाडौं । अहिलेसम्म ३२ वटा राष्ट्र सहभागी बन्दै आएको विश्वकप फुटबलमा ४८ वटा राष्ट्रलाई सन् २०२८ बाट सहभागी गराइने फिफाले निर्णय गरेको छ । फिफाले जनाए अनुसार प्रतियोगितामा सन् २०२८ पछि १६ वटा समुह बनाएर प्रतिस्पर्धा हुनेछ ।

तीन तीन राष्ट्र सहभागी हुने ती समुहबाट दुई दुई वटा राष्ट्र अन्तिम ३२ का छनौट हुने फिफाले जनाएको छ । स्विट्जरल्याण्डको जुरिजमा भएको विश्व फुटबल महासंघ फिफाको पुर्ण बैठकले सर्वसम्मत निर्णय गर्दै सहभागी राष्ट्रको संख्या बढाउने निर्णय गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । ३२ टोली सहभागी हुँदा ६४ खेल हुने प्रतियोगीतामा अब ८० वटा खेल हुनेछ । विजयी हुने टोलीले सर्वाधिक ७ खेल खेल्ने छ । फिफा अध्यक्ष जियानी ईन्फान्टीनोले विश्वकप फुटबल थप समावेशी हुँदै गएको प्रतिक्रिया दिएका छन् ।