एथ्लेटिकोलाई हराउँदै बार्सिलोना किङ्स कप फुटबलको फाइनलमा

एथ्लेटिकोलाई हराउँदै बार्सिलोना किङ्स कप फुटबलको फाइनलमा

काठमाडौं । बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कडा प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

मंगलबार राती भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेले । तर, पहिलो लेगमा हात पारेको २–१ को जितको मद्दतले बार्सिलोना यो खेल समग्रमा ३–२ ले विजयी हुँदै फाइनलमा पुगेको हो ।

मंगलबाररातिको खेलमा बार्सिलोनाका लुईस स्वारेजले पहिलो गोल गरेका थिए । तर, एथ्लेटिकोका गामिएरोले एक गोल फर्काएपछि खेल १–१ गोलको बराबरीमा सकियो ।

तनावपूर्ण खेलमा बार्सिलोनाका दुई तथा एथ्लेटिको मड्रिडका एक खेलाडीले रातो कार्ड पाएका थिए ।

बार्सिलोनाका गोलकर्ता स्वारेज र सर्जी रोबेर्टोले रातो कार्ड पाए भने एथ्लेटिको मड्रिडका क्यारास्को पनि रातो कार्ड खाँदै मैदानबाट बाहिर गएका थिए । अब बार्सिलोनाले पाधिको लागि आलाभेज र सेल्टाभिगोबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।