देउवा ः सिमसिमे पानीमा ज्यानले बैमान गर्छौ कि जिन्दगानीमा
तिम्लाई प्रम बनाको मैले हो, तिम्ले छोड्ने बेला पो कैले हो ?
सिमसिमे पानीमा ज्यानले …… ।
चुनाव गर्न अलमल गर्दैछौ, मधेशीको निहुँखोजी भाग्दैछौ
सिमसिमे पानीमा ……. ।
दाहाल ः मेरो मुटु भनेकै तिमी हौ, छातीभित्र तिमी नै तिमी छौ
सिमसिमे पानीमा सत्ता छोड्न मन छैन जिन्दगानीमा
मधेशी र केपीले हान्याछन्, जे गर्दानी उनैले मा¥याछन्
सिमसिमे पानीमा …… ।
देउवा ः प्रम तिम्ले नगर जालझेल, भयौ तिमी असक्षम र फेल
सिमसिमे पानीमा तिम्ले बैमान गर्छौ कि जिन्दगानीमा
जोरी खोजे सरकारै ढाल्दिम्ला, एक्लै लुट्न तिम्लाइ त काँ दिम्ला
सिमसिमे पानी…… ।
दाहाल ः प्रम तिम्ले बनाको काँ हो र, मलाई आशिष प्रभुको छ हेर
सिमसिमे पानीमा कुर्ची प्यारो भै’राछ जिन्दगानीमा
गर्नुसम्म गरेको ग¥यै छ, भ्यागुताको धार्ने पो भैरा छ
सिमसिमे पानीमा ….. ।
देउवा ः तिम्रो चाला ठिक छैन दाहाल, तिम्लाई पार्छन् प्रभुले बेहाल
सिमसिमे पानीमा तिम्ले बैमान गर्छौ कि जिन्दगानीमा
मलाई पनि कुर्चीकै लोभ बढ्यो, चुनाउ तिम्ले गर्दैनौझैँ भयो
सिमसिमे पानीमा …… ।
दाहाल ः कति किचकिच गरेको तिमीले, छैन धितै मरेको अहिले
सिमसिमे पानीमा सत्ता छोड्न मिल्दैन जिन्दगानीमा
मधेशीले हैरानै पा¥या छन्, देश टुक्राउन सिकेलाई सा¥या छन्
सिमसिमे पानीमा ….. ।
देउवा ः अब धेरै पर्खिन मिल्दैन, भाका नाघ्न तिम्लाई त दिँदैन
सिमसिमे पानीमा तिम्ले बैमान गर्छौ कि जिन्दगानीमा
मलाई कति गाह«ो छ सिलाउन पार्टीभित्र झगडा मिलाउन
सिमसिमे पानीमा …..।
दाहाल ः मलाई पनि अप्ठ्यारो भैराछ, एउटा तान्दा झन् पैरो गैराछ
सिमसिमे पानीमा कुर्ची छोड्न मिल्दैन जिन्दगानीमा
पार्टीभित्र सबैमा झगडा, अर्को भन्छ म नै छु तगडा
सिमसिमे पानीमा ….. ।
दुबै ः हामी दुबै प्रभुका चेला हौँ, जसो भन्छन् प्रभुले त्यै गरौँ
सिमसिमे पानीमा मर्नु बाँच्नु भै’राछ जिन्दगानीमा
मधेशीलाई प्रभुले खेलाछन्, केपी, सिके उतैका चेला हुन्
सिमसिमे पानीमा देशै उतै बुझाऊँ है जिन्दगानीमा ।
त्यसपछि त हाइसन्चो हुनेछ, चुनाउ पनि उतैको हुनेछ
सिमसिमे पानीमा लेण्डुप बन्नै राम्रो छ जिन्दगानीमा ।
२३ माघ २०७३