ललितपुर । नेवाः राष्ट्रिय मुक्ति मोर्चा काठमाडौंको एक भेलाले नमस्ते साय्मीलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले मोर्चाको काठमाडौं जिल्ला उपाध्यक्षमा बोजराज श्रेष्ठ, रत्नबहाुदर महर्जन, गोकुल कृष्ण श्रेष्ठ (गोकर्णेश्वर)लाई चुनेको छ भने सचिवमा भागवत नरसिं प्रधान र सहसचिवमा बसन्त सुवालाई छानेको छ ।
उमेश श्रेष्ठ कोषाक्ष्यक्षमा चुनिएको उक्त जिल्ला कमिटिका सदस्यहरुमा न्हूच्छेबहादुर मानन्धर (कार्तिपुर) भाइकाजी डंगोल (चन्दागिरी), मणिराज डंगोल (टोखा), सुनिता श्रेष्ठ (बुढानिलकण्ठ), सुरेश श्रेष्ठ (शंखापुर), हरिकृष्ण (कागेश्वरी मनोहरा), कान्छा श्रेष्ठ (कागेशवरी मनोहरा), कान्छा (कागेशवरी मनोहरा), किरण (कागेशवरी), किरण (महानगर—१), जुजु काजी महर्जन (महानगर ३), राजुराज कर्णिकार (महानगर—४), मणिक महर्जन ( महानगर ५), सुरेश महर्जन, (महानगर ५), बसन्त श्रेष्ठ (महानगर ६), ज्योति बज्राचार्य ( महानगर ६), सुरेन्द्र शाही (महानगर ७), रीदेन महर्जन (झीगु स्वनिगः), इन्द्रमान महर्जन (झीगु स्वनिगः) राकेश राजबहाक (तोकेश्रवर) रहेका छन् ।
३१ जनाको जिल्ला कमिटि निर्माण गरेको उक्त भेलामा मोर्चाका कोषाध्यक्ष गोर्की श्रेष्ठ, पार्टी केस तथा काठमाडौं जिल्ला संगठन समितिका इन्चार्ज सुरेश श्रेष्ठ, संयोजक शारदा महत, पार्टीको सल्लाहकार क. पदम भण्डारीलगायको उपस्थिति रहेको थियो ।