भक्तपुर । नेकपा (क्रान्तिकारी माओवादी) भक्तपुरले संगठन विस्तार तथा जनपरिचालन अभियान अन्तर्गत संगठन विस्तारलाई तीव्रता दिइरहेको छ । पछिल्लो पटक जिल्लाको सूर्यविनायक र मध्यपुर थिमी नगर कमिटि गठन गरेको छ । पार्टीका जिल्ला संयोजक श्रीकृष्ण सुलुले दिएको जानकारी अनुसार शनिबार भएको भेलाले रामकुरमा दोङ संयोजक र राजु लोहला सहसंयोजक रहेको १५ सदस्यीय पार्टीको सूर्यविनायक नगर कमिटि गठन गरेको छ । उक्त नगर कमिटिका सदस्यहरुमा लक्ष्मीप्रसाद कासुला, सुन्दर श्रेष्ठ, दिनेश लामा, मसली लामा, दिलमाया लामा, अप्सरा मगर, यसोदा बस्नेत, आकाश बुढाथोकी, पदम लामा, पुष्प तामाङ, बमबहादुर तामाङ रहेका छन् ।
पार्टी केस तथा भक्तपुर जिल्ला इन्चार्ज विन्दा मगर, सहइन्चार्ज फुनाम्गेल मोक्तान र संयोजक श्रीकृष्ण सुलुको उपस्थितिमै मंगलबार भएको अर्को एक भेलाले रसिक पौडेल संयोजक र रमेश बोहरा सहसंयोजक रहेको १५ सदस्यीय मध्यपुर थिमि नगर कमिटि गठन गरेको छ । उक्त कमिटिका सदस्यहरुमा गोविन्द दाहाल, नेत्र शाही, दिनेश गिरी, छिरिङ लामा, लालबहादुर मगर, दिपेश गिरी, हरिसुन्दर श्रेष्ठ, अनिशा थिङ, राजकुमार खड्गी, पंकज लामा, दिपक वाइवा, मनिश लामा रहेका छन् ।