एजेन्सी । टेनिस खेलाडीले गाली गलौज गरेमा यात्र र्याकेट फ्याँकेमा जरिवाना गर्ने गरिन्छ ।

तर क्यानडाका डेनिस शापोवालोभ त्योभन्दा पनि एक कदम अघि बढेर रेफ्रीमाथि नै बलले हिर्काएका छन् ।

उनलाई यो घटनामा ७ हजार डलर जरिवाना गरिएको छ । उनको बलले रेफ्रीको आँखामा लागेको थियो ।

डेभिस कप म्याचका क्रममा शापोवालोभ बेलायतका काइल एडमन्डसँग ६–३, ६–४, २–१ ले पछि परेपछि बलले प्रहार गरेका हुन् ।

यस घटनापछि शापोवालोभलाई खेलबाट समेत निस्काशन गरिएको थियो । पछि उनले रेफ्रीसँग माफी मागे र रेफ्रीलाई अस्पताल लगियो । बलले लागेपछि आँखाको रेटिना र कोर्नियामा कुनै क्षति नपुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर