
प्रारम्भः
नेपालको कम्युनिष्ट आन्दोलनले ६ दशक पारगरेको छ । यो अवधिमा अनेकौ उतार र चढावहरु बेहोर्दै नेपालको आर्थिक, राजनीतिक र समाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ । तर समाजवाद र साम्यवादलाई दिर्घकालिन लक्ष्य र नया जनवादलाई आधारभूत कार्यक्रम बनाएर अघी बढेको कम्युनिष्ट आन्दोलनले त्यो लक्ष्य र कार्यक्रम पुरागर्न सकिरहेको छैन । तर त्यो लक्ष्य र कार्यक्रमको आवश्यकता र औचित्य भने कैयो गुणा बढेर गएको छ भने समाज परिवर्तनका वाहक जनताको सबैभन्दा सक्रिय तप्का युवा वर्गको राजनीति प्रतिको उदासीनता र विमुखिकरण बढ्दै गईरहेको छ ।
त्यसैले विद्यमान नेपाली समाजको आर्थिक र राजनीतिक ब्यवस्थाका साथै समाजिक अबस्थामा आमूल परिवर्तन अर्थात नया जनवादी क्रान्तिको नेतृत्वगर्ने कम्युनिष्ट पार्टी र आन्दोलनामा युवाहरुको उदासीनता र विमुखिकरणको विषय गम्भीर चिन्ता र चासोको विषय हो । र, कम्युनिष्ट पार्टी र आन्दोलनले गम्भीररुपमा लिएर आबश्य पहलकदमी लिन अत्यन्त जरुरी भएको छ ।
युवा पुस्ताको उदासीनता र विमुखीकरण कारणः
नेपालको रानीतिक परिवर्तनको घटनाक्रममा २०४६सालको जनआन्दोलन र त्यसले प्राप्त गरेको उपलब्धी नेपाली समाजलाई अग्रगति दिने महत्वपूर्ण कडी थियो । निर्दलिय पञ्चायति ब्यबस्था र राजतन्त्रको निरंकुशताको अन्त्यलाई यसका मुख्य उपलब्धीकारुपमा लिन सकिन्छ । तर यसको अर्को सकरात्मक पक्ष नेपाली जनतामा आशा र अपेक्षा जगायो । जनजागरण र राजनीतिको खुला वातावरण सृजना गर्यो । त्यसैको परिणाम् ब्यापकरुपमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिय समाजिक संघ सस्था र राजनीतिक दलहरु गठन भए । त्यसले सामाजिक जागरण र राजनीति सचेतना र संलग्नतालाई काफीहदसम्म वृद्धि विकास गर्यो । तर अर्थ राजनीतिको सत्तामा पकड भएको सामन्तवादी नेतृत्व र दलाल तथा नोकरशाह पूजिपतिहरुको ब्यवस्था र अबस्थामा मुलभूत परिवर्तन भएन । जसको परिणाम् जन आन्दोलन पश्चात जनताले गरेको अपेक्षाहरुमा तुसारापात हुदै गयो भने जागेका आशाहरु ओईलाउदै जानथाले । त्यसले गर्दा युवाहरुमा पलायनता र राजनीतिक उदासिनता बढ्दै जान थाल्यो ।
२०५२ फागुन १ गतेदेखि प्रारम्भभएको तात्कालिन नेकपा (माओवाद) को जनयुद्ध र त्यसले गर्दै गएको विकासले नेपाली समाजमा जरा गाडेको सामन्तवादी आर्थिक र राजनतिक ब्यवस्था र समाजिक अबस्थालाई हल्लाउदै जड्उन्मूलनतिर अगाडि बढ्ने क्रममायुवावर्गको ठूलो हिस्सालाई राजनीतिक प्रति अकर्षित गर्दै जनयुद्धमा समाहित गराउदै लग्यो । तर युवा वर्गको विदेश पलायनलाई भने रोक्न सकेन बरुपछिल्ला चरणमा पलायनताको निउ पैदा गर्यो ।
नयाँ जनवादी क्रान्तिलाई तात्कालिन कार्यभार बनाएर अगाडि बढेको जनयुद्धले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा समाते पश्चात जनयुद्धमा समर्पित नेता तथा योद्धाहरुमा चिसो पस्यो । लोकतान्क्रिक गणतन्त्रको कार्यादिशाले क्रमशः कार्यरुप धारण गरेपछि भने जनयुद्धले गम्भीर धक्का खाएको प्रष्ट भयो । त्यसले गर्दा खास गरेर जनयुद्धमा समर्पित युवा वर्गमा गम्भीर आघात पर्यो । त्यसलेपलायनता, राजनीति उदासिनता, विचलन र विमुखिकरणमा थप मद्दत गर्यो ।
१० वर्षे जनयुद्ध र २०६२–६३ को जनआन्दोलनले नेपाली समाजलाई एक स्तरमा अग्रगामी दिशामा अगाडि बढायो । तर जनयुद्धले धक्का खानु र जन आन्दोलनको राप र ताप सेलाउदै जानुको परिणाम् जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरु पनि गुम्दै जानेक्रममा तिव्रता आयो । र, पहिलो संविधानसभाको अवसानसंगै अग्रगामी नया संविधान निर्माणगरी उपलब्धीहरुको संस्थागत गर्ने नेपाली शोषित र उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका जनताका अभिष्टमा पनि तुसारापात भयो । कथित दोस्रो संविधानसभाको नौटंकी र त्यसले बनाएको यथास्थिति र पश्चगामी संविधानले उपलब्धीहरुको सारतत्वलाई नै विकृत गरिदियो । र, यतिवेला नेपालमा रहेको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता राजनीति ब्यवस्थाका अबयवहरु सार विनाका विकृतरुप बन्न गएको छ । यसले युवा वर्गको पलायनता र राजनीतिक उदासिनता र विमुखिकरणलाई उत्कर्षमा पुर्याएको छ ।
नेपालको राजनीतिक घटना क्रममा ००७सालको जहानिय राणा साशन विरुद्धको सशस्त्र संघर्ष ०२८को झापा विद्रोह, ०३६को बहुदल र निर्दल विचको जनमत संग्रह, ०४६को जनआन्दोलन १० वर्षे जनयुद्ध र ०६२ ÷६३ को जन आन्दोलन तात्कालिन आर्थिक र राजनीतिक ब्यवस्था र समाजिक अवस्थाको परिवर्तनमा अर्थपूर्ण आर्थिक, राजनीतिक र समाजिक महत्व राख्ने परिवर्तनका प्रमुख सृखलाहरु हुन ।
उपर्युक्त राजनीति घटनाक्रमका सृखलाहरुमा समय परिस्थिति अनुसार फरक, फरक विशेषताहरु रहनु स्वभाविकै हो । तर दुईवटा आधारभूत विशेषतामा भने समानता रहेको देखिन्छ । पहिलो, सत्ता राजनीतिको केन्द्रभागमा पात्र, प्रतिनिधि र पार्टीहरु फरक भएता पनि वर्गीय हिसावले सामन्त, दलाला र नोकरशाह प्रतिक्रियावादी वर्गकै पकड रहदै आएको छ । ०६३सालसम्म सामन्तवाद कै अग्रता रहदै आएकोमा राजतन्त्रको अन्त्यले के फेरवल गर्यो भने वल्ला घरको नरे, पल्ला घर सरे भने झै सामन्तवादको अग्रस्थान दलाल र नोकरशाहहरुले लिन पुगे र सामन्तवाद पृष्ठभागमा धकेलियो ।
दोस्रो, सबै सघर्ष, युद्ध र आन्दोलनहरुमा शोषित उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताले विभिन्नरुपमा भागलिएका मात्र हैन ठूला ठुला कुरवानी गर्नुका साथै र शाहदात प्राप्त गरेकाछन् । तर सघर्ष, युद्ध र आन्दोलनहरुले प्राप्त गरेका उपलब्धीहरुको प्रतिफल लिनबाट चुकेका वा बञ्चित रहदै आएका छन् । अर्को कुरा जनताको पक्षमा जनहितकारी कामगर्दै देश भक्त, जनतान्त्रि र अग्रगामी पक्षलाई लिएर कम्युनिष्ट पार्टीहरुले प्रतिक्रियावादीहरुको विकल्प दिनुको साटो कम्युनिष्ट पार्टीका नेतृत्वमा रहेकाहरुबाटै उल्टै प्रतिक्रियावादीहरुसंग मिलेमतो र सांठगांठ गरेर जनघाति र राष्टघाती काममा सहभागि र संलग्न हुने विडम्वना रहदै आएको छ । त्यसैगरी संघर्ष र आन्दोलनका दौरान र पश्चात विशेषत कम्युनिष्ट पार्टीका नेतृत्व वर्गमा राजनीतकरुपमा अवसरवादीकरण, आर्थिकरुपमा भ्रष्टीकरण र सांस्कृतिकरुपमा विचलनहुने गरेकोछ ।जसले गर्दा संघर्ष र आन्दोलनका हरेक सृंखला पश्चात जनतामा, विशेषत युवा वर्गमा निरासा, उदासिनता र पलायनता ल्याउने गरेको छ, त्यसको परिणाम् रानीति विमुखिकरण नै हुने गरेको छ ।
यसरी नेपाली अर्थ राजनीतिमा लामो समयाब्धीसम्म सामन्तवादको नेतृत्वमा, दलाल र नोकर शाहहरु र अहिले दलालहरुको नेतृत्वमा नोकरशाह र सामन्तवादको हालि मुहालीका कारण नेपालको आर्थिक, राजनीतिक र सामाजिक ब्यबस्था जन हितकारी हुन नसक्नु र नसकिरहको अवस्थाले युवा जनशक्ति निरास, उदासिन हुदै पलायनहुन पर्यो र परिहेको छ । अहिले दिनमा पन्द्र सय भन्दा बढी युवाहरु बाहिरिने गरेको आकडा सार्वजानिक भैरहेको छ । अझै यो आकडामा भारत र गैरकानुनि तरिकाले विदेश जानेहरु समावेस छैन । समग्रमा भन्दा युवा वर्गको पलायनता र उदासिनताले युवाहरुलाई राजनीति विमुखिकरण बनाएको छ । त्यसको प्रत्येक्ष असर कम्युनिष्ट पार्टी र आन्दोलनमा परेको छ । यो कम्युनिष्ट पार्टी र आन्दोलनका लागि अत्यन्त गम्भीर चुनौतीको विषय हो ।
युवा वर्गको उदासीनता र विमुखीकरण निवारणः
युवा वर्गको राजनीतिमा उदासिनता र विमुखिकरण कम्युनिष्ट पार्टी र आन्दोलनका लागि त गम्भीर विषय हो नै, तर यसले समग्र आर्थिक, राजनीतिक र समाजिक परिवर्तनका लागि पनि नकरात्मक प्रभाव पार्दछ । किन कि राजनीति चेतना मानव समाज विकास क्रमको उच्च मानव चेतना हो । तर अहिले राजनीति र पार्टीका नाममा भईरहेको बिकृत, विसंगती र भ्रष्टीकरणले मानव समाजको उच्च चेतना राजनीति प्रति नै नकरात्मक धारणा बनेकोछ । त्यसकारण राजनीति र पार्टीका नाममा भईरहेका र हुने नकरात्मक पाटा पक्षहरु र राजनीति चेतना फरक चिज भएको प्रष्टयाउने उचित कदम चाल्नु अनिवार्य छ ।
राजनीति चेतनाको अभावमा कुनै पनि समाजको आमुल परिवर्तनको कुरा त के, सामान्य परिवर्तनले पनि अग्रगति लिन सक्दैन । अर्को आधारभूत कुरा वर्गीय समाजमा सबै चिज वर्गीय हुने भएकाले राजनीति चेत, अभिष्ट र पार्टीहरु पनि वर्गीय नै हुन्छन् । कम्युनिष्ट पार्टी सर्वहारा तथा शोषित उत्पीडितवर्ग र जातिहरुको मुक्ति र उत्थानको नेतृत्वगर्ने राजनीतिक संगठन हो । र, आज युवा वर्गमा देखिएको राजनीतिक उदासिनता र विमुखिकरण तथा पलायनताको विषय सर्वहारा, शोषित उत्पीडित वर्ग र जातिका युवा वर्गसंग जोडिएको सवाल हो । त्यसकारण यो वर्गका युवाहरुमा वर्गीय राजनीतिको चेतना जागृत गराउने काम कम्युनिष्ट र कम्युनिष्ट पार्टी कै हो ।
त्यसैले, प्रथमतः सोषित उत्पीडित वर्ग र जाति तथा शोषक उत्पीडक वर्ग र जातिका स्वार्थ र अभिष्ट एक अर्काका विपरित हुने विषयमा सर्वहारा, सोषित उत्पीडित वर्ग र जातिका युवा वर्गलाई बैचारिक र राजनीतिकरुपमा सचेत गराउनआबश्यक छ । त्यसका निम्ति वर्गीय दृष्टिकोणका आधारमा समय सापेक्षक विधि र प्रविधि अवलम्वन गर्नु पर्दछ । युवा वर्गमा वर्ग पक्षधरताको आधारमा शोषक, उत्पीडक प्रतिक्रियावदी वर्ग प्रति घुणा र अक्रोस पैदा गर्नु जरुरी छ । वर्ग समन्वय होइन वर्ग संघर्षमा होमिन उत्प्रेणाको खांचो छ । वर्गसंघर्ष वेगर वर्गीय मुक्ति हुन नक्ने तितो सत्यलाई अँत्मसात गराउनु अनिवार्य छ । दोस्रो कुरा कम्युनिष्ट र कम्युनिष्ट पार्टीका नाममा दक्षिण पंथी अवसरवादीहरुले गर्ने गतिविधि र फैलाउने विकृति, विसंगति र भ्रमलाई चिरफार गरेर त्यो कुरा प्रष्टयाउनु जरुरी छ कि उनीहरु कम्युनिष्ट र कम्युनिष्ट पार्टीहरु होइनन् । उनीहरु त कम्युनिष्ट खोल ओढेका दलाल, नोकर शाह पूजिपति र सामन्तवादका छदम भेषी प्रतिनिधिहरु हुन् । तेस्रो कुरा तात्कालिन जीवनमा परेका समस्याहरुलाई भागेर होइन जागेर सामाना गर्न युवा वर्गलाई उत्प्रेरित गर्नु आवश्यक छ ।
वर्गीय राजनीतिक चेतनाले ओत प्रोत युवा वर्गले नै विद्यमान जनविरोधी आर्थिक र राजनीतिक ब्यवस्थाको आमुल परिवर्तनका लागि नया जनवादी क्रान्तिमा निर्णाय भुमिका अदा गर्न सक्दछन् । अतः युवा वर्गमा देखिएको निरासा र पलायनता तथा राजनीतिक उदासिनता र विमुखिकरणको अन्त्यका लागिवर्गीय दृष्टिकोणका आधारमा समय सापेक्ष विधि र प्रविधि अवलम्वन गर्दै सोषित उत्पीडित वर्ग र जातिका युवा वर्गलाई कम्युनिष्ट आन्दोलनको राजनीतिमा सहभागि, संलग्न र सक्रिय बनाउनुको विकल्प छैन ।