काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।
आइतबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले पराजित गरेको हो । म्यान्चेस्टर सिटीको जितमा ग्याब्रिएल जिससले दुवै गोल गरे ।
ब्राजिलियन खेलाडी जिसस यही जनवरीमा म्यान्चेस्टर सिटी आएका हुन् । आइतबारराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले लेष्टर सिटीलाई ३–० ले हरायो ।
युनाईटेडलाई विजयी गराउन हेनरिक मख्तरीयान, ज्लाटन ईब्राहिमोभिच र हुँवा माटाले एक एक गोल गरे ।
आइतबारातिका खेलपछि लिगमा २४ खेलबाट ५९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ भने समान खेलबाट ५० अंक जोडेको टोटनह्याम दोस्रो र ४९ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेका छन् ।