काठमाडौं । अफ्रिकन कप अफ नेशन्सको उपाधी क्यामरुनले जितेको छ । गाबोनमा सम्पन्न प्रतियोगिता अन्तर्गत आइतबार राति सम्पन्न फाइनल ख्लमा इजिप्टलाई २–१ ले हराउँदै क्यामरुनले पाँचौ पटक अफ्रिका कपको उपाधि जितेको हो ।
खेलमा ईजिप्टका एल्नेनीले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर क्यामरुनका एन्कुलु र अबुबकारले एक–एक गोल गरेपछि क्यामरुनले उपाधी जितेको हो ।
क्यामरुनले पछिल्ला १५ वर्षमा पहिलो पटक उपाधी जितेको हो । उता अफ्रिकी महादेशको सर्वाधिक सफल टोली ईजिप्टको भने आठौं उपाधि जित्ने अभियान पुरा हुन सकेन ।