काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ भक्तपुरको एक भेलाले जिल्ला संयोजकमा पत्रकार प्रवीण त्वान्जुलाई चयन गरेको छ । शनिबार दिउसो भएको उक्त भेलाले सदस्यहरुमा कृष्णप्रसाद भ्यावन्जु, रती दुवाल, कृष्णप्रसाद घेमसु, विष्णुप्रसाद न्हिसुतु, हिरण्यप्रताप सांगामी र रामप्रसाद खाताखोरलाई चयन गरेको छ ।
क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, सल्लाहकार राजेन्द्र रंजित र नेकपा (क्रान्तिकारी माओवादी) भक्तपुरका संयोजक श्रीकृष्ण सुलुको उपस्थितिमा भएको भेलाले महासंघको सात सदस्यीय जिल्ला समिति गठन गरेको हो ।