ललितपुर । जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्च केन्द्रीय समितिको बैठक ललितपुरको कुपण्डोलमा शनिबार सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य समन्वय समितिका संयोजक दिनेश शर्मा‘सागर’को उपस्थिति र मञ्चका संयोजक हरिकृष्ण गजुरेलको अध्यक्षतामा बसेको बैठकले पार्टीको तीन महिने अभियानलाई सफल पार्न दृढताका साथ अघि बढ्ने निर्णय गरेको छ । बैठकले ७२ वटै जिल्लाबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा व्यवसायमा आवद्ध भई अस्थायी वा स्थायी रुपमा बसोबास गरिरहेकाहरुलाई संगठित गरी परिचालन गर्ने निर्णय गरेको छ ।































