भक्तपुर । नेकपा (क्रान्तिकारी माओवादी) भक्तपुर तीन महिने संगठन विस्तार अभियानन्तर्गत संगठन विस्तारमा तीव्र रुपमा लागिपरेको छ । शनिबार मात्र पार्टीको चाँगु नगर समिति, भक्तपुर नगर समिति, नेवाः राष्ट्रिय मुक्ति मोर्चाको भक्तपुर नगर समिति र चाँगु नगर समिति र क्रान्तिकारी पत्रकार महासंघको जिल्ला समिति गठन गरेको छ ।
क्रान्तिकारी माओवादी भक्तपुरका संयोजक श्रीकृष्ण सुलुले दिएको जानकारी अनुसार शंखलाल मगजुको संयोजकत्वमा पार्टीको चांगुनारायण नगर संगठन समिति गठन गरिएको छ । उक्त नगर संगठन समितिका सदस्यहरुमा रविन्द्र गिरी, रामभक्त हयौगोजु, राजकुमार मगजु, भरत भण्डारी, वासुदेव सापकोटा, नविन गिरी, राजेन्द्र मगजु, उमेश मगजु, रचना नेपाली, सुवास खड्का, रामशरण लामिछाने खत्री, मिलन लामा, गोविन्द याङ्घो, गणेशमान सुलु लगायत रहेका छन् ।
जिल्ला पार्टीका संयोजक श्रीकृष्ण सुलुको प्रमुख आतिथ्यतामा भएको भेलाले १५ सदस्यीय उक्त समिति गठन गरेको हो । त्यसैगरी, विष्णुप्रसाद न्हिसुतुको संयोजकत्वमा पार्टीको भक्तपुर नगर संगठन समिति गठन गरेको छ । भेलाले रामहरि गणेजुलाई उक्त समितिको सहसंयोजकमा चयन गरेको छ भने सदस्यहरुमा हिरण्यप्रताप सांगामी, प्रविण त्वान्जु, कष्णप्रसाद घेमोसु, कृष्ण प्रसाद व्यान्जु, राम कोजु, सुविर कोजु, केदार प्रजापति, कमल ख्याजु, मोहन कुमार ह्याेंगोजु लगायत रहेका छन् । भेलाले नारायणभक्त सुवाल, कान्छा गोसाई, चन्द्रबहादुर प्याठ, न्हुछे बहादुर खोजुलाई उक्त समितिको सल्लाहकारमा चयन गरेको छ ।
यता शनिवारै गरेको एक भेलाले कृष्णप्रसाद घेमोसुको संयोजकत्वमा १२ सदस्यीय नेवाः राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको छ भने प्रवीण त्वान्जुको संयोकत्वमा ७ सदस्यीय क्रान्तिकारी पत्रकार महासंघको भक्तपुर जिल्ला समिति समेत गठन गरेको छ ।
अभियानको क्रममा युवा, विध्यार्थी, देजमो लगायत सबै जबस÷मोर्चाका कमिटिहरुको निर्माणलाई तीव्र रुपमा अगाडि बढाउने र भक्तपुरमा क्रान्तिकारी माओवादीलाई जनताको घर घरमा पु¥याउने लक्ष्य लिएर अभियानमा जुटेको संयोजक श्रीकृष्ण सुलुले बताए ।