काठमाडौं । नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ ।

लामो समयदेखि रोकिदै आएको एसएसपीहरुको सरुवामा गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालबीच विवाद देखिदै आएको थियो ।

धौलागिरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाडौं प्रहरी प्रमुख भएका छने महानगरीय अपराध महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाललाई हेडक्वाटरमा प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

प्रहरी अपराध महाशाखामा दिनेश अमात्य आएका छन् भने लागू औषध नियन्त्रण ब्युरो काठमाडौंमा धिरु बस्न्त्यात आएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेललाई पनि प्रहरी हेडक्वार्टर युएन शाखामा सरूवा गरिएको छ ।

ललितपुर प्रहरी प्रमुखमा ठूले राईलाई ल्याइएको छ । यसैगरी एसएसपी महेन्द्र पोखरेलको सिन्धुली तालिम केन्द्रमा, दीपक थापा लुम्विनी प्रहरी प्रमुखमा र उत्तम कार्की कोशी प्रहरी प्रमुखमा सरुवा भएका छन् । पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ ।

त्यसैगरी शेरबहादुर बस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र बलराम शर्मा सगरमाथा प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

एसएसपी विष्णुहरि गौतम गण्डकी अञ्चल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र बागमतीमा पुष्प रन्जितको सरुवा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर