काठमाडौं । स्पेनिस फुटबल क्लव रियल मड्रिड किंग्स कप फुटबलबाट बाहिरिएको छ ।
लगातार ४० खेलमा अपराजित रहँदै कीर्तिमान बनाएपछि खराब लयमा झरेको रियललाई सेल्टा भिगोले समग्रमा ४–३ ले पराजित गरेको हो । बुधबारराति भएको खेलमा २–२ गोलको बराबरीमा रोकिएपनि समग्रमा रियल पराजित हुन पुग्यो ।
पहिलो लेगको खेलमा रियल २–१ ले पराजित भएको थियो ।
यो महिना भएका ५ खेलमध्ये रियल मड्रिड एक खेलमा मात्रै विजयी भएको छ ।
बिहीबार रातिको खेलमा रियलका लागि क्रिस्टियानो रोनाल्डो र लुकास भाज्क्वेजले एक–एक गोल गरे भने सेल्टा भिगोका ड्यानिएल वासले एक गोल गर्दा रियल मड्रिडका ड्यानिलोले एक आत्माघाती गोल गरेका थिए ।
किङ्स कप अन्तर्गत बुधबाररातिको अर्को खेलमा एथ्लेटिको मड्रिड र आईबारले २–२ गोलको बराबरी खेलेका छन् । पहिलो लेगमा हात पारेको ३–० को जितको मद्दतले यो खेल एथ्लेटिकोेले समग्रमा ५–२ ले जितेको छ ।































