युसेन बोल्टको स्वर्ण पदक सँगै खोसियो यस्तो कीर्तिमान

युसेन बोल्टको स्वर्ण पदक सँगै खोसियो यस्तो कीर्तिमान

एजेन्सी । संसारकै सबैभन्दा तिव्र गतिका धावक जमैकाका युसेन बोल्टले आफ्नो ओलम्पिक स्वर्णपदक फिर्ता गर्नुपरेको छ ।

बोल्टले ९ ओलम्पिक स्वर्ण जितेका थिए । अब यो संख्या घटेर ८ वटा मात्रै भएको छ । तर, यो गल्ती उनका कारण नभई उनका साथी एथलेटको गल्तीका कारण भएको हो, जसबाट प्रतिबन्धित औषधी सेवन गरेकोमा दोषी पाइएको छ ।

सन् २००८ मा बेइजिङ ओलम्पिकमा रिले दौडमा बोल्टसँगै भाग लिएका चार धावकमध्ये एक नेस्टा कार्टर टेस्टका क्रममा पोजिटिभ भेटिएका हुन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले कार्टरको शरीरमा मिथाइलहेक्सैनियामाइन नामको प्रतिबन्धित शक्तिबद्र्धक औषधिको मात्रा पाइएको हो । यसका साथै आईओसीले जमैकाको स्वर्ण पदक फिर्ता लिने निर्णय गरेको हो ।

सोही कारण बेइजिङमा जितेका उनका ३ स्वर्ण पदक मध्ये एउटा खोसेको हो । यो निर्णयसँगै बोल्ट लगातार तीन ओलम्पिकमा तीन–तीन स्वर्ण पदक जित्ने पहिलो ओलम्पियन पनि नरहने भएका छन् ।

३० वर्षीय बोल्टले गत वर्ष रियो ओलम्पिकमा सन् २००८ र २०१२ पछि लगातार तेस्रो पटक १००, २०० र ४ गुण १०० मिटर दौडमा स्वर्ण जितेका थिए ।

३१ वर्षीय नेस्टा कार्टर २०१२ को लण्डन ओलम्पिकमा रिले दौड जित्ने जमैकाको टिममा सामेल थिए । उनले २०११, २०१३ र २०१५ को वल्र्ड च्याम्पियनसिपमा पनि जमैकालाई जित दिलाएका थिए ।

आईओसीको फैसला पनि बेइजिङ ओलम्पिकको रिले दौडको स्वर्ण पदक अब ट्रिनिडाड एण्ड टोबागोले पाएको छ ।