पप स्टार माइकल ज्याक्सनकी छोरीले गरिन् सनसनीपूर्ण खुलासा

पप स्टार माइकल ज्याक्सनकी छोरीले गरिन् सनसनीपूर्ण खुलासा

एजेन्सी । पप स्टार माइकल ज्याक्सन यो संसारमा नभएपनि उनीसँग जोडिएका खबरहरु भने अझै बाहिर आइनै रहेका छन् ।

उनी जुन समयमा जीवित थिए, त्यसबेला पनि उनी खबरमा छाइरहेका थिए र मृत्युपछि पनि उनी सबैभन्दा बढी कमाई गर्ने सेलिब्रेटीमा पर्छन । तर अहिले उनको निधनबारे अर्को चकित पार्ने खबर बाहिर आएको छ ।

माइकल ज्याक्सनकी टोरी पेरिसले भने आफूलाई पिताको हत्या भएको हुनसक्ने बताएकी छन् । उनले रोलिङ स्टोनलाई दिएको अन्तर्वार्तामा उनले सन् २००९ मा माइकल ज्याक्सनको निधन षढयन्त्रबाट भएको बताएकी हुन् ।

पेनकिलर औषधिको बढी मात्रा सेवनका कारण पप सुपर माइकल ज्याक्सनलाई हृदयघात भएको थियो र उनको मृत्यु भएको थियो । तर उनले यो घटना यति सिधा नभएको बताइन् ।

उनले भनिन्, ‘उनले कहिलेकाँही कोही व्यक्ति आफ्ना पछि भएको संकेत गर्दथे र कहिलेकाँही उनीहरुले मलाई मार्नेछन् भन्ने संकेत दिन्थे ।’

के तपाईलाई तपाईका बाबुको हत्या भएको जस्तो लाग्छ भनेर गरिएको प्रश्नमा उनले भनिन्, ‘साच्चै हो, किनकी यो प्रष्ट छ । सबै विषयले यसैतर्फ इशारा गर्दछन् । यो एक प्रकारको षढयन्त्रका कहानी जस्तो लाग्छ । तर सबै वास्तविकता प्रशंसक र परिकारका सदस्यले जान्दछन् ।’

केही व्यक्तिले बाबुको मृत्युपछि पनि आफूहरुलाई कठघरामा लैजानका लागि कोशिस गरेको उनको भनाई छ ।