काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको विभिन्न जिल्लामा जिल्ला समितिहरु गठन भएका छन् ।
क्रान्तिकारी माओेवादीको तीन महिने संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान अन्तर्गत विभिन्न जिल्लामा देजमो जिल्ला कमिटि गठन गरिएको हो ।
देजमो खोटाङमा शुभचन्द्र राई
नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको खोटाङ जिल्ला समिति निर्माण भएको छ ।
मोर्चाको एक भेलाले शुभचन्द्र राईको् संयोजकत्वमा ७ सदस्यीय जिल्ला भेला आयोजक समिति निर्माण भएको छ । समितिका सदस्यहरुमा मिलना राई, वीरेन्द्र राया, राजेश बस्नेत कल्याणकाजी बस्नेत, कुबिर राई र शिव रिजाल रहेका छन् ।
ओखलढुंगामा शेर्पा
यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ओखलढुंगामा पनि जिल्ला भेला आयोजक समिति निर्माण भएको छ । जिल्लामा भएको एक भेलाले पेम्डोमा शेर्पाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिति निर्माण गरिएको हो ।
समितिका अन्य सदस्यहरुमा निन्जी शेर्पा, रामकृष्ण फुयाल, जितेन्द्र खड्का, मोहन खड्का, मोहन तामाङ, दिपेश बोगटी, शंकर राई, आशिस सुनुवार, विमला शेर्पा, पूर्ण विक, डम्बर तामाङ रहेका छन् ।