बारामा क्रान्तिकारी माओवादी सक्रिय, विभिन्न कमिटि निर्माण

बारामा क्रान्तिकारी माओवादी सक्रिय, विभिन्न कमिटि निर्माण

कलैया । नेकपा (क्रान्तिकारी माओवादी) को बारा जिल्ला समिति पुर्नगठन गरिएको छ । शनिबार आयोजित एक भेलामार्फत जिल्ला समिति निर्माण गरिएको हो । 

जिल्ला समितिको इन्चार्जमा दिवाकर न्यौपाने सर्वसम्मत रुपमा चयन भएका छन् । भेलाले २६ सदस्यीय जिल्ला समिति निर्माण गरेको न्यौपानेले जानकारी दिए । 

भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा अवध राज्य समिति इन्चार्ज राम आश्रय राम, केन्द्रीय सल्लाहकार पवन पटेल समेत सहभागी भएका थिए । 

सोही क्रममा पार्टीका विभिन्न जनवर्गीय संगठनका समितिहरु पनि निर्माण गरिएको छ । जसअनुसार सुरज विष्टको अध्यक्षतामा क्रान्तिकारी युवा लिग, रिता देवकोटाको अध्यक्षतामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी), रुपेश पोखरेलको अध्यक्षतामा देशभक्त जनगणतान्त्रिक मोर्चा जिल्ला समित, रमन कार्कीको अध्यक्षतामा अखिल नेपाल किसान संघ (क्रान्तिकारी), परमानन्द साहको अध्यक्षतामा मधेसी राष्ट्रिय मुक्ति मोर्चा, छोटेलाल चौधरीको अध्यक्षतामा थारु राष्ट्रिय मुक्ति मोर्चा, समित अन्सारीको अध्यक्षतामा मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको छ ।