तानसेन । नेकपा (क्रान्तिकारी माओवादी) निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेला सम्पन्न भएको छ ।
पाल्पाको तानसेनमा आयोजित राष्ट्रिय भेलामार्फत निलबहादुर पुनको अध्यक्षतामा ३१ केन्द्रीय समिति निर्माण भएको छ ।
समितिको उपाध्यक्षमा भीम श्रीस मगर, भरत बुर्जामगर, तेजकुमारी थापा मगर रहेका छन् भने महासचिवमा अर्जुन तरामु मगर चयन भएका छन् ।
यसैगरी सचिवहरुमा पदम लामिछाने मगर, कपिल पुन मगर, कमल घर्ती मगर तथा कोषाध्यक्षमा शेरबहादुर पुन मगर रहेका छन् भने सदस्यहरुमा रविराज रोका मगर, मुक्त थापा मगरलगायत ३१ सदस्यीय समिति निर्माण भएको हो ।
पाल्पाको तानसेनमा सम्पन्न राष्ट्रिय भेलाको नेकपा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य केबी गुरुङले उद्घाटन गरेका थिए ।
‘पहिचानसहितको संघीय÷स्वायत्त मगरातका लागि संघर्ष गरौं, जनविरोधी संविधान खारेजीका लागि संघर्ष गरौं’ भन्ने नाराका साथ राष्ट्रिय भेला सम्पन्न भएको हो ।