अमेरिकामा शक्तिशाली आँधी, १८ जनाको मृत्यु

अमेरिकामा शक्तिशाली आँधी, १८ जनाको मृत्यु

वासिंगटन । अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसमपछि आएको शक्तिशाली आँधीबेहेरीका कारण १८ जनाको मृत्यु भएको छ ।

भीषण आँधीका कारण दक्षिणी क्षेत्र जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अधिकारीहरुले जनाएका छन् । आँधीका कारण जर्जियामा १४ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय मौसम सेवा विभागले अलबामा, फ्लोरिडाको उत्तरी क्षेत्र र जर्जियाको दक्षिणी क्षेत्रमा अझै खराब मौसम हुनसक्ने अनुमान गरेको छ ।

खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी प्रभावित भएको जर्जियाको दक्षिणी क्षेत्रका सात काउन्टिमा आपतकालिन अवस्था घोषणा गरिएको छ ।

यस्तै मिसिसिपीमा पनि चार जनाको मृत्यु भएको छ । आँधीले जर्जियाको दक्षिण मध्य क्षेत्रमा बढी प्रभाव परेको छ । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका गर्भनरसँग कुराकानी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।