काठमाडौं । इंग्लिश लिग कप फुटबल अन्तर्गत मंगलबारराति भएका खेलमा म्यानचेस्टर युनाईटेडले हल सिटीलाई २–० ले पराजित गरेको छ ।
सेमिफाइनल पहिलो लेगमा हात पारेको जितसँगै म्यानचेस्टर युनाईटेड फाइनल नजिक पुगेको हो ।
गएराति आफ्नै मैदानमा भएको खेलमा जोजे मौरीन्होको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाईटेडलाई जित दिलाउन हुँवा माटा र मराउने फेलियानीले एक–एक गोल गरे । दोस्रो लेगको खेल दुई हप्तापछि हल सिटीको मैदानमा हुनेछ ।
लिग कप फुटबलको दोस्रो सेमिफाईनल खेलमा बुधबार राति साउथह्यम्पटन र लिभरपुल भिड्नेछन् ।