एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउस जाने महत्वपूर्ण व्यक्तिहरुको नियुक्तिलाई जारी राखेका छन् ।

उनले आफ्ना ज्वाई जेरेड कुशनरलाई आफ्नो वरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् । ट्रम्पमाथि परिवारवादी र व्यक्तिवादी ढंगले अघि बढिरहेको आरोप लागिरहँदा ज्वाईलाई सल्लाहकारमा नियुक्त गरेका हुन् ।

ज्वाईलाई सल्लाहकार नियुक्त गर्दै ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो प्रशासनमा उनलाई मुख्य नेतृत्वकर्ता व्यक्तिको रुपमा नियुक्त गर्दा खुसी लागेको छ । उनले महत्वपूर्ण सदस्यका रुपमा अमेरिकी जनतालाई सेवा पु¥याउने मेरो योजनामा काम गर्नेमा म व्यस्त छु ।’

ट्रम्पको निर्वाचन अभियानमा भूमिका खेल्नुबाहेक उनमा कुनै राजनीतिक अनुभव छैन । न्युयोर्कका जग्गा कारोबारी तथा लगानी कर्ता कुश्नरले ट्रम्पकी छोरी इभान्कासँग विवाह गरेका हुन् ।

उनले ह्वाईट हाउसमा चिफ अफ स्टाफ रेइन्स प्रिबस र मुख्य रणनीतिकार स्टेभ बाननसँग मिलेर काम गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर