काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सी कीर्तिमानी यात्रामा पूर्णविराम लागेको छ ।
बुधबारराति भएको खेलमा टोटनह्याम हट्सपरसँग २–० ले पराजित भएपछि चेल्सीको विजयी यात्रा १३ खेलपछि रोकिएको हो । टोटनह्यामको जितमा दुवै गोल डेले अलीले गरे ।
यसअघि लगातार १३ खेल जित्दै एकै सिजनमा लगातार १३ जितको कीर्तिमान बनाएको चेल्सी १४ औं जितको समग्र कीर्तिमान बनाउनबाट चुक्यो ।
प्रिमियर लिगमा दुई सिजनमा गरेर सर्वाधिक १४ खेलमा लगातार जित हासिल गर्ने कीर्तिमान आर्सनलको नाममा रहेको छ ।
चेल्सीले टोटनह्यामलाई हराउँदै लगातार १४ खेल जित्ने कीर्तिमान बनाउ सकेन । हारका बाबजुद चेल्सी २० खेलबाट ४९ खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।
समान खेलबाट ४४ अंक जोडेको लिभरपुल दोस्रो र ४२ अंक जोडेको टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ ।