एजेन्सी– चीनमा एकै व्यक्तिको छुरा प्रहारबाट ११ जना बालबालिका घाइते भएका छन् ।
गुआंगजी प्रान्तको एक किन्डर गार्डेन स्कूलका बच्चालाई चक्कू प्रहार गरी ती व्यक्तिले ११ जना बालबालिकालाई गम्भीर घाइते बनाएका हुन् । घाइते मध्ये ३ बालकालिकाको अवस्था चिन्ताजनक रहेको छ ।
आफ्नो बच्चा लिन आएको भन्दै स्कूल छिरेका ती व्यक्तिले एकाएक बच्चामाथि चक्कु प्रहार गर्न सुरु गरेका थिए । ती व्यक्ति गाउँमा झगडा गरेर आएको र त्यसैको रिस फेर्न बच्चालाई निशाना साँधेको हुनसक्ने प्रहरीको भनाई छ ।
चक्कु प्रहार गर्ने जीअ पेंगन नाम गरेका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।