गौशाला । महोत्तरीको जलेश्वर बर्दिबास सडक खण्डमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ ।
बसबाट खसेर गम्भीर घाइते भएका सोनामाई ७ का ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको हो ।
बुधबार साँझ जलेश्वरबाट बर्दिवास जाँदै गरेको ज १ ख ७७४ नम्बरको यात्रु बसबाट खस्दा चौधरी गम्भीर घाइते भएका थिए ।
बायाँ खुट्टा भाँचिएको र टाउकामा गम्भीर चोटपटक लागेका उनलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।