काठमाडौं । हलिउडकी प्रतिष्ठित अभिनेत्री सासा गेबोरको ९९ वर्षको उमेरमा निधन भएको छ ।
उनका पूर्व प्रवक्ता एडवर्ड लोजीले उनको निधनको जानकारी दिएका हुन् । सारी गेबोरको रुपमा हंगेरीमा जन्मिएकी गेबोरले सन् १९५० र १९६० को दशकमा फिल्मी पर्दामा राज नै गरेकी थिइन् ।
उनको आइतबारराति निधन भएको हो । गेबोरले १९३६ मा मिस हंगेरी सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन् र सोही वर्षपछि रिचर्ड टौबरको अस्ट्रेयियाईओपेरा ‘द सिंगिंग ड्रिम’ मा गीत गाएकी थिइन् ।
उनको हलिउडको पहिलो चर्चित फिल्म ‘लभ्ली टु लुक एट’ हो । सोही वर्ष उनले फिल्म ‘मलिन रुज’ मा अभिनय गरेकी थिइन् ।
उनले फिल्म लिली, टच अफ इभिल, डेथ अफ ए स्काउन्ड्रल र ब्वाइज नाईट आउट जस्ता फिल्मबाट दर्शकको मन जित्न सफल भएकी थिइन् ।