सरकारले गर्यो विद्युत प्राधिकरण सञ्चालक समितिमा तीन सदस्य नियुक्त

सरकारले गर्यो विद्युत प्राधिकरण सञ्चालक समितिमा तीन सदस्य नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणमा तीन सदस्य नियुक्त गरेको छ । लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने तीन सञ्चालकलाई बर्खास्त गरेर सरकारले नयाँ सदस्य नियुक्त गरेको हो । 

प्राधिकरण सञ्चालक समितिमा नियुक्ति पाउनेमा रुकुम पूर्तिमकाँडा–६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी–३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर–६ का उमेशप्रसाद थानी रहेका छन् । 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालक समिति सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले काममा अवरोध गरेका थिए ।

उर्जा मन्त्रालयले उनीहरुलाई सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहित विपरित काम गरेको भन्दै पदबाट बर्खास्त गरेको थियो ।