काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको भन्दै सरकारले विद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुलाई बर्खास्त गरेको छ ।
सरकारले प्राधिकरण सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई हटाएको हो ।
कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालकत्रय अग्रवाल, मिश्र र लामिछानेले अवरोध गरेपछि उर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।
उनीहरु तीनै जनाको स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहित विपरित काम गरेको भन्दै पदबाट बर्खास्त गरेको हो ।