जिदानेका छोराले सिनियर टिमबाट पहिलो खेलमै गरे गोल

जिदानेका छोराले सिनियर टिमबाट पहिलो खेलमै गरे गोल

son_zidane_enzoकाठमाडौं । फ्रान्सका पूर्व कप्तान तथा रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानका छोरा इन्जोले डेब्यु खेलमा नै गोल गरेका छन् । 

जिदानका जेठा छोरा इन्जोले रियल मड्रिडको सिनियर टोलीबाट खेलेको पहिलो खेलमा नै गोल गरेका हुन् । 

स्पेसिन कोपा डेल रेको अन्तिम ३२ मा तेस्रो श्रेणीको क्लब कल्चरल लिओनेसोविरुद्धको खेलबाट डेब्यु गरेका उनले १८ औं मिनेटमा गोल गर्न सफल भएका थिए । सिनियर टिमबाट डेब्यू गर्नु अघि उनले ५० भन्दा बढी खेल खेलिसकेका छन् ।

खेलमा रियल मड्रिड ६–१ ले विजयी भएको छ । र, समग्रमा १३–२ को जितका साथ अन्तिम १६ मा पुगेको छ ।