
सिमरा । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रय सहमतिका नाममा गरिन लागेको संविधान संशोधन प्रस्तावको कुनै औचित्य नरहेको बताएका छन् ।
प्रेस चौतारीले बाराको सिमरा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको स्पष्ट पारे ।




संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिदैं वरिष्ठ नेता खनालले एमालेको सहमति बिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।
संविधान संशोधन प्रस्तावमा सत्तारुढ दलले पुर्नविचार गर्नुपर्ने बताउँदै उनले एमालेसँग सहमति नगरी अघि बढ्न खोजे त्यो सफल नहुने जिकिर गरे ।