युरोपा लिगमा म्यानयुको शानदार जित, अर्को चरण पुग्ने सम्भावना बलियो

युरोपा लिगमा म्यानयुको शानदार जित, अर्को चरण पुग्ने सम्भावना बलियो

manchester-unitedकाठमाडौं । युरोपको क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिग फुटबलअन्तर्गत बिहीबारराति भएको खेलमा म्यानचेस्टर युनाईटेड विजयी भएको छ । 

इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडले नेदरल्याण्ड्सको फेयनुर्डलाई ४–० ले हराउँदै अर्को चरणको नजिक पुगेको हो । खेलमा युनाईटेडलाई विजयी गराउन हुँवा माटा, वायन रुनी र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे ।

फ्यनुर्डका गोलरक्षक जोन्सले एक आत्माघाती गोल गरेपछि म्यान्चेस्टर युनाईटेड ४–० ले विजयी भएको हो । 

उता अर्को इङ्लिस क्लब साउथह्याम्प्टन भने चेक गणतन्त्रको स्पार्टा प्रागसँग १–० ले पराजित भएको छ । 

युरोपा लिगअन्तर्गत बिहीबारराति नै भएका अन्य खेलमा इजरायलको हपोईल बिर शेभाले ईटालीको ईन्टर मिलानलाई ३–२ ले हराउँदा टर्कीको फेनरबाचे, बेल्जियमको एन्डरलेच, नेदरल्याण्ड्सको एजेड अल्कमार, रुसको जेनिथ र रोमानियाका स्टावा बुकारेष्ट विजयी भएका छन् ।