काठमाडौं । ‘घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि लैगिक हिंसारहित समाज’ भन्ने नाराका साथ आजदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा विरुद्धको यो अभियान सञ्चालन गर्ने गरिएको छ ।
अभियानका क्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले लैंगिक हिंसारहित समाज निर्माणसम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नेछन् ।
लैंगिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा एक सन्देश दिँदै अभियानले जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् ।































