शिया तिर्थयात्रीमाथि आक्रमण, ८० को मृत्यु, २० घाइते

शिया तिर्थयात्रीमाथि आक्रमण, ८० को मृत्यु, २० घाइते

iraq-attackएजेन्सी । इराकको राजधानी बगदाद नजिकै भएको एक विस्फोटमा कम्तीमा पनि ८० जनाको मृत्यु भएको छ । मारिनेमध्ये अधिकांश इरानका शिया तिर्थयात्री रहेका छन् ।

राजधानी बगदाददेखि करिब सय किलोमिटर टाढा दक्षिण अल हलिा नजिकै एक पेट्रोलपम्प र रेस्टुरेन्टको नजिकै भएको हो ।

बिस्फोटमा मारिनेमध्ये कर्बला सहर नजिकै इमाम हुसैनको मृत्युको ४० औं दिनका अवसरमा हुने जमघटमा भेला भएका थिए ।

आक्रमणको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ । आईएस निकटको समाचार संस्था अमाकले करिब २ सय जना मारिएका र घाइते भएका जनाएको छ ।

आक्रमणमा शिया तीर्थयात्रीले भरिएको बस सोमाली गाउँको नजिकै निशानामा परेको थियो । प्रान्तीय प्रमुख फलाह अल राडीले मारिने ८० जनामा अधिकांश इरानी रहेको जानकारी दिएका छन् । घटनामा अन्य २० जना पनि घाइते भएका छन् ।