काठमाडौं । क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि रियलले मड्रिड डर्बीमा ३–० को जित निकालेको छ ।
रोनाल्डोले आफ्नो करिअरको ३९ औं ह्याट्रिक गरेको खेलमा रियल एथ्लेटिको मड्रिडमाथि हाबी भयो ।
एथलेटिकको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले २३ औं मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको रियलका लागि उनले ७१ औं र ७७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
यो जितसँगै रियल मड्रिडले ला दिगामा चार अंकको अग्रता कायम गरेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना भने शनिबाररातिको खेलमा मालागासँग बराबरीमा रोकिएको थियो ।
त्यसको फाइदा उठाउँदै रियलले शीर्ष स्थानलाई थप बलियो बनाउन सफल भएको हो ।