सिटी र टोटनह्याम विजयी, आर्सनल र युनाईटेड बराबर

सिटी र टोटनह्याम विजयी, आर्सनल र युनाईटेड बराबर

english-footballकाठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगितामा शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । 

शनिबारराति भएको खेलमा दोस्रो स्थानको सिटीले क्रिष्टल प्यालेसमाथि २–१ के जित निकालेको हो । सिटीको जितमा दुवै गोल याया टोरेले गरेका थिए । उनले यो सिजन सिटीका लागि खेलेको पहिलो खेलमा नै गोल गर्न सफल भएका हुन् । 

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाईटेडलाई ३–२ ले हराएको छ । 

टोटनह्यामको जितमा ह्यारी केनको दुई तथा ह्यारी विङ्सले एक गोल गरे । वेष्ट ह्यामका लागि मिचेल एन्टोनियो र म्यानुअल लान्जिनीले एक–एक गोल फर्काए ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेड र आर्सनलले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा म्यान्चेस्टर युनाईटेडका जुवान माटाले पहिलो गोल गर्दै अग्रता दिलाएपनि त्यसलाई जोगाउन सकेन । 

आर्सनलमा ओलिभर जिरोउडले गोल फर्काए । उता लिभरपुल र साउथह्याम्पटनले पनि गोलरहित बराबरी खेलेका छन् ।

शनिबाररातिका खेलमा सण्डरल्याण्डले हल सिटीलाई ३–० ले हराँयो भने वाट्फोर्डले लेष्टर सिटीलाई २–१ ले स्तब्ध पार्यो । 

बर्नमाउथले स्टोक सिटीलाई १–० ले हराँयो भने एभर्टन र स्वान्सी सिटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।