alongtheus_mexico-borderfence_apएजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि गत ८ नोभेम्बरमा सम्पन्न निर्वाचनको प्रचारका क्रममा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने कुरा निकै विवादास्तद बन्यो ।

उनी यस्तै विवादास्पद कुराकै कारण चर्चामा मात्रै आएनन्, राष्ट्रपतिमा निर्वाचित पनि भएका छन् । यद्यपि मेक्सिको र अमेरिकाबीच अहिले पनि क्यालिफोर्निया र एरिजोनाका केही क्षेत्रमा पहिले देखि नै पर्खाल रहेको छ ।

ढुंगा भएको रेगिस्तान, रेतको टिर्लो मिर्लोसम फैलिएको खेतसम्म पनि पर्खाल रहेको छ । कतिपय स्थानका पर्खालले दुई देशबीचको सहरलाई पनि छुट्याएको छ । यो सीमा क्षेत्रमा स्पेनिस र अंग्रेजीमा लेखिएका साइनबोर्ड देखिन्छन् ।

मेक्सिको र अमेरिकाको २ हजार माइल लामो सीमा क्षेत्र सान डिएगो, क्यालिफोर्निया, ब्राउन्सभिले र टेक्सास हुँदै जान्छ । सीमा को निगरानीका लागि चौबीसै घन्टा सुरक्षाअधिकारी तैनाथ गरिएका हुन्छन् ।

alongtheus_mexicoborderfence_reuters_2

alongtheus_mexicoborderfence_reuters_4

alongtheus_mexicoborderfence_reuters_5
alongtheus_mexicoborderfence_reuters_7

alongtheus_mexicoborderfence_reuters_8

 

प्रतिक्रिया

सम्बन्धित खवर