एजेन्सी । एक भारतीय फोटो ग्राफर जसले अरु फोटो ग्राफरजस्तै आफ्नो करियरको सुरुवात गरेकी थिइन् । तर उनको भाग्यले उनलाई त्यस्तो ठाउँमा लग्यो, जो हामीले सोचेका पनि हुँदैनौं ।
बिन्दुले पछिल्ला १५ वर्षदेखि मुर्दा अर्थात मरेका मान्छेको शबकोमात्रै फोटो खिचिरहेकी छन् । साथीको परिवारको कमजोर अवस्थालाई देखेर उनका बाबुका साथी शहुल हामिदले उनलाई आफ्नो फोटो स्टुडियोमा डार्क रुममा असिस्टेन्टको काम दिएका थिए ।
एक दिन उनलाई त्रिशुल जिल्लाको कोल्डुंगल्लुरमा एक प्रहरी स्टेशन जान भनिएको थियो । जहाँ सुनको सिक्री चोरेको अभियोगमा थुनिएकी एक महिलाको तस्बिर लिनु थियो ।
फेरि एक दिन एक दिन प्रहरीले एक शबको तस्बिर लिनका लागि बोलायो । फोटो स्टुडियोका शहुल आफै जान नसकेर आफ्नो स्थानमा बिन्दुलाई पठाए ।
बिन्दु भन्छिन्, ‘मैले मालिकसँग भने कि म रगत लतपतिएको कुनै लाशको सामु उभिन सक्दिन म कसरी तस्बिर खिच्न सकौला । मलाई त्यहाँ नपठाउनुहोस । तर उनी आफ्नो कुरामा अडिग रहे….। त्यो डुबेर मरेको बच्चाको शब देखेपछि म रोए र मैले आफूलाई सम्हाले । कुनै शबको तस्बिर खिचेको यो मेरो पहिलो अनुभव थियो ।’
तर यो उनको सुरुवात थियो । एकदिन जब उनी तस्बिर लिएर आएर घरमा खाना खान बसेकी थिइन् तर उनले घटनास्थलको दृश्य आफ्नै आँखामा देखिन् ।
तर उनी आफ्नो क्षेत्रमा चर्चा कमाएकी फोटो ग्राफर हुन् र यो उनका लागि खुसीको कुरा हो कि उनको कामको सराहाना भइरहेको छ ।
अहिले उनी शबको तस्बिर लिनका लागि बोलाएको स्थानमा प्राय नै छुटाउँदिनन् । तर, उनको पेशामा अहिलेपनि पारिश्रमिक भने थोरै नै हुनेगर्छ ।