भारतीय विदेशमन्त्री सुस्मा स्वराजको किड्नी फेल

भारतीय विदेशमन्त्री सुस्मा स्वराजको किड्नी फेल

sushma-swarajएजेन्सी – भारतीय विदेशमन्त्री सुस्मा स्वराजको मृगौला फेल भएपछि उपचारका लागि अस्पताल भर्ना भएकी छन् । 

केही समयदेखि किड्नीको समस्याका कारण उपचार गराइरहेकी स्वराजले ट्विटरमार्फत आफ्नो किड्नी फेल भएको र दिल्लीको एम्स अस्पतालमा उपचाररत रहेको जानकारी गराएकी छन् ।

उनले यतिबेला आफू डाइलासिसमा रहेको र चाँडै नै किड्नीको ट्रान्सप्लान्टका लागि आवश्यक चेकजाँचमा रहेको जनाइएको छ ।

उनले भनेकी छन्, ‘म किड्नी फेल भएका कारण एम्स उपचाररत छु । अहिले डाइलासिस भइरहेको छ र किड्नी ट्रान्सप्लान्टका लागि टेस्ट गराइरहेकी छु । भगवान कृष्णले कृपा गर्नेछन् ।’ स्वराजले मृगौला फेलभएपछि एउटा मृगौला प्रत्यारोपण गर्नका लागि आवश्यक टेस्ट गराइरहेकी छन् ।

उनी पछिल्ला केही महिनादेखि नै नियमित रुपमा अस्पताल आउने जाने गरिरहेपनि उनी आफैले मृगौला फेल भएको विषयमा पहिलो पटक सार्वजनिक जानकारी दिएकी हुन् ।

गत ७ नोभेम्बरमा एम्समा भर्ना भएकी स्वराजको चिकित्सकहरुको एक टोलीले नियमित स्वास्थ्य परीक्षण गरिरहेको छ । उनी गत अप्रिलमा पनि सोही अस्पतालमा भर्ना भएकी थिइन् । त्यसबेला उनले निमोनियाको उपचार गराएकी थिइन् ।